Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

ओलीमाथि पोखियो रावलको आक्रोश

काठमाडौं। नेकपा विभाजनको मुख्य कारण भनिएका अध्यक्ष केपी शर्मा ओली र विद्रोही भीम रावलको सम्बन्ध निकै चिसिएको छ । नेकपा एमालेबाट निश्काषित नेता रावलले प्रधानमन्त्री केपी शर्मा ओलीले नै अनिष्टको काम गरेको आरोप लगाएका छन् । सामाजिक सञ्जाल ट्विटरमार्फत उनले यस्तो बताएका हुन् । नेता रावलले प्रधानमन्त्री ओलीले राष्ट्रपतिसंग मिलिमतो गरी संविधान मिच्दै पटक पटक प्रतिनिधि सभा भंग गरेको र संवैधानिक परिषदमा मनपरी गरी संवैधानिक अंगहरुहरुलाई गुट राजनीतिमा धकेल्ने काम गरेको लगायत गम्भीर आरोप लगाएका छन् । उनले लेखेका छन्, राष्ट्रपतिसंग मिलिमतो गरी संविधान मिच्दै पटक(पटक प्रतिनिधि सभा भंग गर्ने, संवैधानिक परिषदमा मनपरी गरी संवैधानिक अंगहरूलाई गुट राजनीतिमा धकेल्ने, विदेशी गुप्तचरसंग राती साउती गर्ने,राष्ट्रहित विपरीत काम गर्ने र दुई तिहाइलाई अल्पमतमा झार्ने प्रमं केपीले नै अनिष्टको काम गरेको ठहर्छ।


सम्बन्धित समाचार

ट्रम्पको चीन भ्रमण अन्योलमा

२०८२ चैत्र ४

ताजा नेपाल

आफ्नै मान्यलाई रविले दिए चेतावनी

२०८२ चैत्र ४

ताजा नेपाल

सिटौलाको आकांक्षामा तँगारो

२०८२ चैत्र ४

ताजा नेपाल