Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
काठमाडौं। राजनीतिमा अनेक जालझेल र तिकडम गर्दै आएका प्रधानमन्त्री केपी ओली विरुद्धको मोर्चाबन्दी केही कसिलो देखिएको छ । रातारात केही परिवर्तन भएन भने प्रधानमन्त्री ओलीको सत्ता डगमगाउने देखिन्छ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको पदाधिकारी बैठक सम्पन्न भएको छ । सभापति शेरबहादुर देउवाको निवासमा बसेको बैठकले प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत लिन असफल पार्ने निर्णय गरेको छ । प्रधानमन्त्रीले विश्वासको मत लिने भनेर चालेको कदम नै षड्यन्त्रपूर्वक रहेको पनि कांग्रेसको ठहर छ । बैठकपछि जानकारी दिँदै सहमहामन्त्री डा। प्रकाशशरण महतले यस्तो जानकारी दिएका हुन् । उनले भने, विश्वासको मत लिनबाट ओलीजीलाई फेल गराउन लाग्ने निर्णय भएको छ, पहिलो लक्ष्य विश्वासको मत जुटाउनबाट रोक्ने हो। त्यसपछि वैकल्पिक सरकारबारे छलफल हुन्छ।
२०८२ चैत्र ३
ताजा नेपाल
२०८२ चैत्र ३
ताजा नेपाल
२०८२ चैत्र ३
ताजा नेपाल