Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

ओलीलाई ढाल्न कता कता षड्यन्त्र ?

काठमाडौं । केन्द्र सरकार ढलिसक्दा र पार्टी पंक्ति तहस नहस भइसक्दा पनि नेकपा एमालेको चेत खुलेको छैन । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली पक्षलाई देशभर कमजोर बनाउने गरी थप आक्रामक कदमहरु गठबन्धनले चाल्ने भएको छ । केन्द्रमा ओली नेतृत्वको सरकार ढालेपछि प्रदेशहरुमा पनि सरकार ढाल्ने तयारीहरु बढेका छन् । यसअघि गठबन्धनले गण्डकी प्रदेशमा पृथ्वी सुब्बा गुरुङ्ग नेतृत्वको सरकार ढालिसकेको छ । त्यहाँ नेपाली काँग्रेसका कृष्णचन्द्र नेपाली मुख्यमन्त्री बनेका छन् । प्रदेश नम्बर २ मा गठबन्धन बाहिरको जनता समाजवादी पार्टीको महन्थ ठाकुर पक्षलाई मन्त्रीबाट हटाइएको छ । त्यहाँ गठबन्धनका दलहरुबाट मन्त्री बनाइएका छन् । बागमती प्रदेशमा ओलीपक्षीय डोरमणि पौडेललाई मुख्यमन्त्रीबाट हटाउने तयारी भएको छ । अब चाँडै अविश्वासको प्रस्ताव ल्याउने तयारी भएको बुझिएको छ । एमाले संसदीय दलबाट पौडेललाई हटाउने गरी प्रक्रिया बढाउन लागिएको बुझिएको छ । अष्टलक्ष्मी शाक्यलाई बागमतीमा मुख्यमन्त्री बनाउने गरी गठबन्धनले गृहकार्य लगभग पूरा गरिसकेका छन् । लुम्बिनीमा शंकर पोखरेललाई मुख्यमन्त्रीबाट हटाउने तयारी बढिसकेको छ । यसको संकेत पोखरेलले पाइसकेका छन् । प्रदेश नम्बर १ मा शेरधन राईलाई हटाउने तयारी पनि भित्र भित्र भएको बुझिएको छ । उनीविरुद्ध अविश्वासको प्रस्ताव ल्याएर भएपनि हटाउने गरी गठबन्धनले रणनीति चालेको छ । यसरी देशभर ओली पक्षको सरकार ढाल्ने गरी गठबन्धन अगाडि बढेको हो ।


सम्बन्धित समाचार

सन्दीपले भिसाका लागि फेरि प्रयास गर्ने

२०८१ आश्विन २५

ताजा नेपाल

गुल्मीमा जिप दुर्घटना

२०८१ आश्विन २५

ताजा नेपाल

बिपी राजमार्ग आजदेखि सञ्चालनमा

२०८१ आश्विन २५

ताजा नेपाल