Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

ओलीले एमाले नेकपाको विदेश नीतिमा कसैसँग वैरभाव नहुने बताए

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमाले नेकपाको विदेश नीतिमा कसैसँग वैरभाव नहुने बताएका छन् । शुक्रबार विधान महाधिवेशनमा आफ्नो राजनीतिक प्रस्ताव पेश गर्दै अध्यक्ष ओलीले सो कुरा बताएका हुन् । अध्यक्ष ओलीले भने, हाम्रो विदेश नीतिको सार राष्ट्रिय हितको रक्षा र सम्वर्द्धन गर्दै सबैसँग मित्रता कायम गर्नु र कसैसँग पनि वैरभाव नराख्नु हो । उनले विश्वका सबै देशसँग सार्वभौम समानता, अहस्तक्षेप, पारस्परिक सहयोग तथा सम्मानमा आधारित सम्बन्ध रहने बताए । उनले नेपालको छविलाई शान्तिको पक्षधरका रुपमा विश्वसामु स्थापित गर्ने पनि बताए ।


सम्बन्धित समाचार