Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
काठमाडौं । विदेशका राष्ट्रपति पद सकिएछि पुनः पुरानै पेशामा फर्कन्छन् । अरु देशका राष्ट्र प्रमुख काममा फर्कने देशलाई लुट्ने र धुत्ने गर्दैनन् । तर गरिब देशका धनी नेताका राष्ट्रपतिहरू नेपाली काँग्रेस र नेकपा एमालेका लागि राम्रै भए । आम नेपालीका लागि डा. रामवरणले देखाएको लोभलालचप्रति धेरै टिप्पणी हुने गर्छ । आज भोलि डा. यादवले २ लाख घरभाडा, मासिक ५० हजार भत्ता, उपसचिव, अधिकृतस्तरका १÷१ कर्मचारी र सहायक समेत गरी ५ जना सरकारकै तलब खानेमा पर्छन् ।
एमालेका अधिवेशन नभएका जिल्लामा समेत विद्या भण्डारीकै टीम बहुमत छ । यो टिमका रुपमा विष्णु पौडेल, पृथ्वी सुब्बा गुरुङ मात्रै छैनन् । भ्रष्टाचार शिरोमणि ईश्वर पोखरेल समेत छन् । माओवादीप्रति अत्यन्त पूर्वाग्रही ईश्वर पारखेललाई केपी ओलीले रक्षामन्त्री बनाए । राष्ट्रपतिले दिने पदक तथा विभूषण समेत बदनाममा परेको पोखरेलको चरित्रले एमाले जीवित रहँदैन । सेनासँग कुरा नमिल्दा ओली आफैंले रक्षा मन्त्रालय समेत लिएर बिना विभागीय उपप्रम बन्दा समेत पद त्याग्न नसकेका यी भष्मासुरलाई साथ लिने हो भने विद्यालय पनि बोक्नै परेको छ । वाम एकताका नाममा आफू फाइदा लिने फाइदा पुग्ने ठाउँ पाउँदा सहयोगीलाई चिढ्याएका पोखरेललाई वाम एकता अब भए पनि माओवादी पक्षका कार्यकर्ताले सघाउने अवस्था छैन । केपी ओलीले एमालेलाई ध्वस्त बनाएको कारण विद्यालाई देखाएर ठूलो दल बन्ने गरी ओली विरोधीको तयारी भएको हो । अहिले ओलीका साइबर स्यालहरू बेपत्ता भएका छन् । ओलीको गिरिबन्धु काण्ड काठमाडौंको मेयर बालेन शाहले उचाल्दा हिजो साइबर स्यालहरू कता बेपत्ता भए ? हिजो केपी महाराज बन्दा ती स्यालहरू सरकारी खर्चमा चम्केकै थिए । पैसाले सधैं काम गर्दैन भनेको यही हो ।
आफ्ना अनुचरहरू महिला काण्डमा परेपछि केपीले नै प्रहरीमा उजुरी दर्ता गर्न दिएका पनि छैनन् । यो काण्डमा मशेश बस्नेत, ऐन महरा चर्चित पात्र हुन् । एमालेमा त्यस्ता कति छन् कति ? जसलाई अध्यक्षको संरषण छ । प्रहरीले नटेर्दा अदालतमा मुद्दा दर्ता गर्ने सम्भावना पनि छ । मेचीकालि मध्य पहाडी लोकमार्ग यात्रामा सहभागी भएका कार्यकर्ता, नेता शुरुवातदेखि अन्त्यसम्म सामेल भए नयाँ थप भएनन् । सबैको जोड सरकारको नेतृत्व गर्दा केपी ओली वामपन्थी देशभक्तको व्यवहारमा आएनन् भन्ने थियो । साइबरले ओली राजा सरह बनाइयो । प्रचारमा सक्रिय साइबर स्यालहरू अहिले हराए पनि अर्वको लेनदेन भएको गिरिबन्धु काण्डलाई कानुन विपरित ऐन ल्याउने योजनामा भूमिमन्त्री छन् । जहाँ एकालेको स्वार्थ केपी ओलीसँग जोडिएको छ । विकसित राष्ट्रमा पनि राष्ट्रपति छन् तर तिनले राज्य दोहन गरेर भत्ता लिँदैनन् । हाम्रै देश गरिब छ, हाम्रै सांसदलाई पेन्सनको व्यवस्था थियो । अदालतले खारेज ग¥यो । राष्ट्रपतिलाई राज्य श्रोतबाट पाल्ने उपराष्ट्रपतिलाई सुरक्षा र कर्मचारी बाहेक केही नहुने । यो गणतन्त्रको विभेद हो । विद्या भण्डारीले भत्ता लिन्न भनेकै हुन् अब सुरक्षा सेनता लिन्न भने के बिग्रन्छ । राजनीतिमा उनी आउनुहुन्छ । अरुका कुरा फतुर हुन् । डा. रामवरणदले पदको गरिमा राखेका छन् र ? विद्यालाई सक्रिय राजनीतिमा ल्याउन सकेको खण्डमा केपीको दादागिरी घटाउन सकिन्छ । केपीकै कारण अब वाम एकता वा सहकार्य हुँदैन भन्ने बुझेर नै एकता पक्षधर टोली जागेको हो । प्रचार जस्तो गरे पनि एमाले एक्लै चुनावमा गएर बहुमत त के ठूलो पार्टी हुने अवस्था छैन । एमालेबाटै फुटेर गएको एकीकृत समाजवादी जित्नलाई सारथी नहोला, हराउन काफी हुन्छ । उसले काट्ने भोट एमालेकै हो । ओलीले गणतनत्र गौरवले सम्मान गर्नु विद्यालाई सक्रिय राजनीतिमा आउनबाट छेक्नु हो । अहिले पनि ओलीको पार्टी विधानत चलेको छैन । केपीको बोली नै विधान भएकाले अरुले बोल्यो कि पोल्योको अवस्था छ । पदबाट मुक्त भइने डरले १२ भाइको समेत एमालेमा भाउ छैन । ओलीले आफ्नै छौडारुपी गोकुल बास्कोटा जस्ता खरो र टर्रा कार्यकर्ता गुमाएका छन् । बास्कोटाले पार्टीको कार्यक्षेत्रमै चित्त बुझाएका थिएनन् । अहिले पूर्व राष्ट्रपतिलाई पार्टी अध्यक्ष केपीको विकल्पमा अगाडि ल्याउँदा तर्सनु पर्ने कारण छैन । गुण धेरै खाँदा तितो हुन्छ । एमालेमा ओलीको रजगज बढी भयो, त्यही कारण १ भाई पनि उपाध्यक्ष विष्णु पौडेलको सक्रियताप्रति चासो लिएका छन् । तर बोल्ने आँट तिनको छैन ।
२०८१ मंसिर ६
ताजा नेपाल
२०८१ मंसिर ६
ताजा नेपाल
२०८१ मंसिर ६
ताजा नेपाल