Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

ओलीले दिए ईश्वरलाई स्वस्थ प्रतिस्पर्धाको निम्तो

काठमाडौं । नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले आगामी एघारौँ महाधिवेशनमा अध्यक्षमा प्रतिस्पर्धा गर्ने घोषणा गरेका छन्। बिहीबार पार्टी केन्द्रीय कार्यालय च्यासलमा बसेको सचिवालय बैठकमा पोखरेलले आफू अध्यक्षमा उठ्ने मनस्थिती बनाइसकेको बताएका हुन्। यसअघि सञ्चारमाध्यममार्फत अध्यक्ष पदमा उठ्ने बताउँदै आएका पोखरेलले पहिलो पटक पार्टी बैठकमा मुख खोलेका हुन्। बैठकमा अध्यक्ष केपी ओलीले समेत आफू पछि नहट्ने बताएको एक पदाधिकारीले जानकारी दिए। बैठकमा वरिष्ठ उपाध्यक्ष पोखरेलले पार्टी आन्दोलन संकटापन्न अवस्थामा पुगेको, नेतृत्वको अभिव्यक्ति, कार्यशैलीका कारण संकट गहिरिँदै गएकाले यसको निकास दिने गरी आफूले प्रतिस्पर्धा गर्न चाहेको बताए। यो जटिल परिस्थिती, यो गम्भीर परिस्थिती, यो संकटमा नयाँ ढंगले पार्टीलाई पुनर्गठन गरेर जानुपर्छ भनेर राख्दै आएका हौँ हामीले, ती पदाधिकारीले भने, खाली नेतृत्वको सवालमा त्यति छलफल भएको थिएन। आज अध्यक्ष ओलीले पनि म छोड्दिन, म उठ्छु भन्नुभयो। ईश्वर कमरेडले पनि म पनि उठ्ने तयारीमा छु भन्नुभयो। पोखरेलले अध्यक्षमा उठ्ने चाहना व्यक्त गरेपछि ओलीले भने सकभर मिलेर र एकमना एकताका साथ जान आग्रह गरेका थिए। तर, पोखरेल पछि नहट्ने अडान राखेपछि ओलीले भने स्वस्थ प्रतिस्पर्धा हुने बताएका थिए। अध्यक्षले भरसक मिलेर जाउँ न। एकमना एकताका साथ जाउँ भन्नुभयो। मलाई साथ दिनुस् भन्ने ढंगले कुरा गर्नुभयो, ती पदाधिकारी भन्छन्, पोखरेलले होईन म उठ्ने मनस्थितिमा छु। मैले तयारी गरेको छु, म उठ्छु भन्नुभयो। त्यसो भए स्वस्थ प्रतिस्पर्धा गरेर जाउँ न त भन्ने कुरा भए। बैठकमा पोखरेलले मुख खोलेपछि अन्य केही पदाधिकारीले समेत समर्थन गरेका थिए। पार्टीका पूर्वउपाध्यक्ष एवम् पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको समर्थनमा पोखरेल प्यानलै लिएर ओलीसँग प्रतिस्पर्धा गर्ने तयारीमा छन्। ती पदाधिकारी भन्छन्, अब औपचारिक रुपमा ईश्वर कमरेडको बैठकमै प्रवेश भएपछि त सजिलो भयो नि त। अस्तिसम्म बाहिर बाहिर अलि अलि के हो के हो भन्ने कुरा। आज चाहिँ प्रष्टाप्रष्टी भयो। हामी बस्दैछौँ। छलफल गरेपछि प्यानलको कुरा पनि आइहाल्छ। सबै मूल्यांकन गर्छौं, राम्रै हुन्छ होला।


सम्बन्धित समाचार

बालेनको नेतृत्वमा कसरी बन्छ सरकार ?

२०८२ फाल्गुन २७

ताजा नेपाल

दुई तिहाई नजिक पुगेर रोकियो रास्वपा

२०८२ फाल्गुन २७

ताजा नेपाल

देउवा गुट भयो लाचारी

२०८२ फाल्गुन २७

ताजा नेपाल