Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
काठमाडौँ । वर्तमान सत्ता गठबन्धन धरापमा परेको राजनीतिक वृत्तमा हल्ला रहेको बेला नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सत्ता गठबन्धनमा पार्टीको तर्फबाट समस्या नरहेको बताएका छन् । तर, प्रधानमन्त्री केपी शर्मा ओलीले विगतमा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले जस्तै छोडेर गएमा भने केही नलाग्ने उनको भनाइ छ । सभापति देउवाले शुक्रबार बिहान आफ्नै निवास बुढानीलकण्ठमा बोलाएको पदाधिकारी बैठकमा गठबन्धनबारे ब्रिफिङ गर्दै अहिलेसम्म प्रधानमन्त्री ओली र नेकपा एमालेसँग आफू र नेताहरूको कुनै पनि विषयमा खटपट नभएको बताएको एक पदाधिकारीले बताए । देउवाले कांग्रेसले २०७९ को निर्वाचनपछि प्रचण्डलाई नछोडे पनि आफै छोडेर गएको र अहिले पनि ओलीले त्यस्तै गरी छोडेर गएमा केही नलाग्ने ब्रिफिङ गरेको ती पदाधिकारीले बताए । सत्ता गठबन्धनबारे गृहमन्त्रीसमेत रहेका नेता रमेश लेखकले पनि सत्ता गठबन्धनबारे ब्रिफिङ गरेका थिए । गृहमन्त्री लेखकले राष्ट्र बैंकको गभर्नर नियुक्तिको विषयलाई लिएर गठबन्धनमा समस्या भएको भनेर हल्ला चले पनि सत्य त्यस्तो नभएको बताएका थिए । गभर्नर नियुक्तिको विषयमा बिहीबार साँझ प्रधानमन्त्री ओलीसहित एमाले नेताहरूसँग भएको छलफलमा सहमति भइसकेको गृहमन्त्री लेखकले बताएका थिए । त्यसपछि सभापति देउवाले गभर्नरको विषयमा हिजो भन्दा पहिला नै ओलीसँग सहमति भइसकेको बताए । पदाधिकारीहरूसहित राष्ट्रियसभामा पार्टीका संसदीय दलका नेता कृष्णप्रसाद सिटौला, गृहमन्त्री लेखकसहितका नेताहरूसमेत उपस्थित थिए । बैठकमा सत्ता गठबन्धनबाहेक राष्ट्र बैंकको गभर्नर, सत्य निरूपण तथा मेलमिलाप आयोग, बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगको गठन, भारत–पाकिस्तानबिचको द्वन्द्व, संवैधानिक निकायहरूमा रिक्त पदपूर्ति, र विद्यालय शिक्षा विधेयक पारित गर्ने विषयमा छलफल भएको बैठकपछि प्रवक्ता डा. प्रकाश शरण महतले जानकारी दिए । बैठकमा पदाधिकारीहरूले द्वन्द्वसँग सम्बन्धित दुई आयोग गठनको विषय कहाँ पुगेको छ ? पदाधिकारीबारे के–के कुरा भइरहेको छ भन्नेलगायतका प्रश्न सभापति देउवालाई सोधेका थिए ।
२०८२ बैशाख २६
ताजा नेपाल
२०८२ बैशाख २६
ताजा नेपाल
२०८२ बैशाख २६
ताजा नेपाल