Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
काठमाण्डौ,नेकपा एमालेका अध्यक्ष के पी ओलीले आफ्नो सत्ताकालमा भएका निर्णयहरु समयको आबस्यकतालाइ हेरेरनै भएको बताएका छन् । मिसन ०८४ अभियानमा लागेका ओलीको संसद बिघटन प्रकिया कानुन संबद बनाउन जोड दिने गरेपछी बिघठन बिरुदको अभियानमा लागेका पुर्व एमाले नेताहरुलाइ पचेको छैन् । अध्यक्ष ओलीले पाटी भेला र बैठकहरुमा आफुले गरेका निर्णयहरुलाइ कानुन संबद बनाउन जोड दिने गरेका छन् । काठमाण्डौ जिल्लाको अधिबेसनमा प्रसंग बिना संसद बिघठनको बिषय उठाएपछि एमालेबाट चोइटिएको नेकपा एकिक्रित समाजबादीका अध्यक्ष माधब नेपालले एमालेसंग तत्काल एकता नहुने बताएका छन् ।
एउटै सिदान्त र निति भएका दलहरु बिचको सहकार्यबाट निर्बाचन प्रकियामा जाँदा जनशक्ति आर्जन गर्न सकिन्छ भन्ने आसय राखेर एमाले अध्यक्ष ओली र माओबादी अध्यक्ष प्रचण्ड बिचको सहकार्यप्रती बिमती जनाउदै आएका माधबनेपाल असार १६ देखि २० सम्म पार्टीको १०औ महाधिबेसन गर्ने तयारीमा छन् । जनताको बहदलिय जनबाद स्विकारेपछी भिन्न पार्टीको अर्थ नहुने पुर्ब प्रमुख झलनाथको तर्कलाइ माधब पक्षले अस्विकार गरेका छन् । बामपन्थि शक्ति बिचको सहकार्यलाइ सहज बनाउन भन्दा बिगार्ने शक्तिहरु बढिरहेको बेला अध्यक्ष ओलीबाट सत्ता सहकार्यमा सहभागी शक्तिहरुलाइ मिलाउनु पर्नेमा भड्काउनु उचित नभएको बताउनेहरु आफ्नै पाटीमा शक्तिसाली बनेको बिषयमा चासो नदिनु अंहकार प्रदसन गर्नु हो ।
ठुलो पाटीको नाताले सानालाइ सघाउन एमालेको दायित्वो हो भन्ने कुरालाइ मनन् नगर्ने हो भने मिसन ०८४ मा कसरी एमाले शक्तिशाली बन्न सक्छ एमालेका नेताहरुले बुुझ्न जरुरी छ ।
२०८१ मंसिर ९
ताजा नेपाल
२०८१ मंसिर ९
ताजा नेपाल
२०८१ मंसिर ९
ताजा नेपाल