Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

ओलीले भने आफूले मित्रताले हंगालो हाल्दा प्रचण्डले धृतराष्ट्रलले जस्तो अंगालो हाले

काठमाडौं । नेकपाको छोडपत्रपछि अहिले एक पक्षले अर्को पक्षमाथि आरोपको छर्रा प्रहार गर्ने क्रम बढिरहेको छ । यही बेला प्रधानमन्त्री एवं नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष केपी शर्मा ओलीले अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई धुँदाधुँदा धेरै साबुनका डल्ला र ड्रमका ड्रम पानी सकिएको टिप्पणी गरेका छन् ।

ओली समूहले बुधबार आयोजना गरेको सुदूरपश्चिमस्तरीय भेलालाई सम्बोधन गर्दै ओलीले प्रचण्डको ध्यान जहिल्यै कसरी कब्जा गर्ने भन्ने रहेको बताए । आफूले मित्रताले हंगालो हाल्दा प्रचण्डले धृतराष्ट्रलले जस्तो अंगालो मारेको उनले बताएका छन् । षड्यन्त्रकारी राजनीति छाड्नुस्, धोका बेइमानी नगर्नुस् भनेर आफूले तीन वर्ष सम्झाएको भन्दै उनले भने, ‘तीन वर्षमा डोब साबुनका धेरै डल्ला खर्च भए, ड्रममा ड्रम पानी खतम भयो उहाँलाई धुँदाधुदा ।’ ओलीले अघि भने, साबुन लायो, पखाल्यो जस्तोको तस्तै । अन्तिममा देखिहाल्नुभयो के हुँदोरहेछ ।’

माधव नेपाल प्रचण्डका कार्यकर्ता
अध्यक्ष केपी शर्मा ओलीले माधवकुमार नेपाल प्रचण्डको सामान्य कार्यकर्ता बनेको टिप्पणी गरेका छन् । ओलीले भने, ‘माधव नेपालजीबारे धेरै टिप्पणी गर्न चाहन्न, उहाँ प्रचण्डको मामुली कार्यकर्ता हो ।’ पूर्वप्रधानमन्त्री नेपाल कार्यकर्ता हुन प्रचण्डसँग गएको उनको आरोप छ ।


सम्बन्धित समाचार

दसैँ घरमा फूलपाती भित्र्याइँदै

२०८१ आश्विन २४

ताजा नेपाल

कुलमानलाई हटाउने यस्तो त चाँजोपाँचो

२०८१ आश्विन २४

ताजा नेपाल