Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

ओलीवादले सक्दैछ सबैतिर

आफैंले गरेका सहमति आफैं उल्लंघन गर्न खप्पिस प्रधानमन्त्री केपी ओलीलाई संविधानले नचिनेका गुटका सदस्य र सल्लाहकारले बदनाम गरे । स्थायी समितिको प्रतिष्ठा भएन, सचिवालयको निर्णय कार्यान्वयन हुँदैन, कानुनी रुपमा तत्काल असम्भव पद बाँड्ने र पद लिने दुवै मुर्ख हुन् । यही मुख्र्याइले प्रधानमन्त्री ओली र उनका विश्वासपात्रहरु समाजमा बदनाम हुँदैछन् । कोरानाको नामा जम्मा भएको रकमको आवश्यक ठाउँमा खर्च भएन । अर्थतन्त्र ध्वस्त छ भन्दै काँग्रेसलाई डोमिनेशन गर्न स्वेतपत्र जारी गरेका जनताप्रति उत्तरदायि नभएका लठैतलाई अर्थमन्त्री बनाउँदाको फल नीतिगत भ्रष्टाचार हो ।

२०१५ सालमा काँग्रेसका बीपीले केही काम गर्न खोज्दा राजाले शाही कु गरे । त्यही जनमत प्राप्त केपीले २०७४ फागुन ३ गते सत्ता सम्हाल्दा देखाएका आशा र अपेक्षा २६ महिनामा ध्वस्त बनाए । आफ्नै गुटका चार जनालाई प्रदेशका मुख्यमन्त्री, आफ्नै दलाललाई संवैधानिक पद, कुटनीतिक नियोग, संस्थागतहरु मात्र होइन समितिमा समेत भित्र्याएर एकलौटी देश लुट्दा ओलीका भाषण उनकै दलालहरुलाई नपच्ने अवस्था भयो । पार्टीको बदनाम भयो सरकारका काम संस्थागत बनाउँ भन्दा २० जना स्थायी समिति सदस्य ओलीको निशाना बन्दैछन् । दुःख पाइस मंगले आफ्नै ढंगले भने जस्तै भयो । ओली गुटको दम्ब । आखिर नेकपा छ र ओली छन् उनको गुटको रमाइलो छ । दम्बकै कारण मुलुक कोरोनो कहरमा जकडिँदै गर्दा ओलीले राजनीतिक दल विभाजन गर्ने र मौकाक परे आफ्नै दल फुटाउने अध्यादेश ल्याए थाम्न सकेनन् फिर्ता लिए, राष्ट्रपतिको पदलाई समेत जनताका अगाडि बदनाम गराए । सरकार योजना ल्याउँदैपछि हट्दै ग¥यो । सामूहिक छलफल र परामर्श गरिँदा के बिग्रिन्थ्यो ? ओली श्री ७ छँदै थिए उनले लगेका प्रत्येक विधेयक अध्यादेश राष्ट्रपतिको नाममा गुटको पति बनेकी विद्याले ल्याप्चे लगाइ दिन्थिन् ।

संसदको छैठौं अधिवशेन शुरु भयो । के त्यहाँ अहंकारले मौलाएको ओली गुटले चलाएको नीतिगत लुटमा जोडिएको गोकर्ण रिसोर्ट, एनसेल प्रकरण, वाइडवडी प्रकरण, सेक्युरिटी प्रेस कमिशन, ओम्दी इन्टरनेशनल सम्झौता र खारेजी, स्वास्थ्य, सेवा विभाग भित्रको गुटको विषय नउठ्ला ? खोई नीति तथा कार्यक्रम र बजेटका बारेमा नेकपामा छलफल भएको ? नेकपा सामूहिकतामा चल्ने पार्टी हो भने यस्ता राष्ट्रिय विषयमा छलफल हुनु पर्दैन । यहाँ पनि ओली हैकमवाद देखाए । कोरोना कहर शुरुका दिन सरकार अलमलियो चिकित्सा क्ष्गेत्र हतास भयो । तर अनुभव र आवश्यक औषधि, पिसिआर र आरडीटीको व्यवस्था हुँदै जाँदा ओम्नी समूहसँग जोडिएका ओलीका हनुमानहरु नांगिँदै गए । अहिले देशमा यो महामारी चर्को छ, औषधि छैन, कोरोना राहत कोषको अरवौं रकम कानुनी प्रक्रिया नमिल्दा बैकमा छ । अर्थले विकास बजेट कटाउँदै स्वास्थ्य मन्त्रालयमा पैसा दिँदैछ ।

उडन्ते भाषण र अन्तर्वाता त २०७४ चैत २२ मै प्रमको तहबाट ओलीले गरेकै थिए, दिएकै थिए । अवधि कति हो त्यो छैन, ओली केरुङ काठमाडौं, पोखरा रेल चल्छ मेरो विरोध गर्नेलाई रजिष्टरमा हस्ताक्षर गराउाछु र त्यही रेलमा यात्रा गराउँछु भनेकै हुन् । उनको त्र्यो जेन्डा हावामा मिल्यो । उनलाई देवत्वकरण गर्नेले कमाएकै छन् । पार्टी, स्थायी कमिटी र सचिवालयको के अर्थ भयो ? अधिनायकवादभित्र दवेको समाजवादले देशको गरिबी, अशिक्षा, बेरोजगारी र भोकमरी कसरी देख्छ र बजेट जनप्रिय ल्याओस् ? कसैको कुरा सुन्ने पार्टीलाई बाइपास गर्ने गुटलाई महत्व दिने ओलीवादले देशमा संकट ल्याउँदैछ । काम गर्नेलाई आलोचना हुन्छ, सुझाव दिइन्छ, गल्ती सुधार्ने मौका मिल्छ । तर कम्युनिष्ट पार्टीभित्रको संघर्ष र मेलमिपालको संकेत कतै भएन । ओलीका सयौं गल्ती छन् । स्थायी समितिसँग उनी डराएका छन् । ४५ जनाको स्थायी समितिमा २० जनाले सरकार र पार्टीबीचको एकता जरुरी ठानेर सरकारले गरेका गल्तीबारे सोधीखोजी गर्न खोज्दा हतास हुनु पर्दैनथ्यो । आलोचना सहन नसक्ने प्रवृत्ति नेकपामा छ । मोहनविक्रम सिंह, बाबुराम भट्टराईदेखि स्व. गिरिजाप्रसाद कोइरालासम्मले आफूविरुद्धको आलोचना सहँदैनथे । केपी ओली पछिल्ला सम्राट भए ।

विमति जनाउनेमाथि क्रूर स्वभाव देखाउनु ओली गुटको गहना बन्दैछ । पार्टीको लगाममा राज्य चल्नुपर्छ । अनुशासित पार्टी र देशभक्तहरुले आफ्ना गल्ती सुधार्न आलोचना गर्नेहरुलाई आक्रमण गर्दैनन् तर ओलीको समृद्धि र विकासमा भ्रष्टाचारीले प्वाल पार्दा पार्टीबाटै रक्षात्मक बन्नु परेको छ । २६ महिनाको ओली यात्रा कम्युनिष्टहरु आन्दोलनमा सफल हुन्छन् जब सरकारमा पुग्छन् आफैंभित्र लड्छन् ध्वस्त हुन्छन् भन्ने सन्द्येश दिने काम भयो । अब त समय पनि छैन । नत पदका लागि मरिमेटेका वामदेव गौतमलाई कसैले मान्छे भन्छ न त प्रम ओली र उनको टिमको हुकुमीतन्त्रको पक्ष लिएर नाक जोगिन्छ ।


सम्बन्धित समाचार