Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

ओलीवादीले केपीलाई बिगारे

अराजकता र अहंकार ओलीवादको सरकार भयो । यो देशको गरिबी अशिक्षा बेरोजगार हटाउने नेकपाले ल्याएका एजेन्डा कतै कार्यान्वयनमा आएनन् । अर्थमा बेधर्मी चरित्रलाई स्थान दिँदाको फल हो यो । आफू देशभक्त हुन नसक्नेले नेपालको सीमा अतिक्रमण बन्द गर्छ भन्ने विश्वास भएन । जब मान्छेले आफ्नो हैसियत बिर्सन्छ त्यस बेला सँगैका छांैडा र अरिगांलले सरकारसँग जनताले गरेको अपेक्षामाथि खुँडा चलाउँछ । ओलीलाई जस्तो अवसर मनमोहनले पाएनन् सम्झौता गरेर क्रान्तिको तिलाञ्जली दिएको प्रचण्ड पथले त्यो अबसर पाउने अवस्था भएन ।

आफैं राजा केपी ओलीले भारदारहरुलाई मनग्ये दिलाए । अपसोज उनका सन्तान छैनन् तर गुटीय सन्तानको भलो गर्दा ओलीलाई यो अराजक स्वभावमा पुर्यायो । दुई तिहाईले के न नाप्छ भनेर कोलाहल मच्चाउनेहरुले त्यो बेला प्रम ओलीको देश प्रेम देखे जुनबेला कोरानाको उपचारमा भ्रष्टाचारको गन्ध आयो । अख्तियार, सर्वोच्च अदालत समेतले आफ्नो संवैधानिकता गुमाए । लुट नमच्चिएको ठाउँ कहीं भएन । हरेक समय पार्टी सत्तामा पुग्दा मन्त्री पड्काएर घुस खान पल्केका ईश्वर पोरखेल सेनासँग मिल्न सकेनन् । तस्करसँग मिलेका भूमाफियासँग सम्बन्ध राखेका चीनले जबजको औचित्य देख्नु र प्रचण्डको अध्यक्ष पद अस्वीकार गर्नु नै ओलीको आड थियो ।

ओली गुटले अति ग¥यो । उसको अपराध हरेक ठाउँमा देखियो । चौथो अंक पनि दलालकै रुपमा देखियो । प्रतिपक्ष भाग लगाएर खान पल्कियो । बहुमतको नाममा जनताको जीवनमाथि खेलवाड गर्न कम्युनिष्ट शासन अग्रसर भयो । पार्टीका नेताको मानमर्दन राखेन । १ अर्ब ५० करोडको काम रु ३ अर्ब ५० करोड बनाएर ओम्नीलाई आइटीपार्क ठेक्का दिइयो । सञ्चारमन्त्री ७ करोड काण्डले हुत्तिए । बाँकी रहेका काममा लुट्न पार्वत गुरुङलाई त्यो ठाउँमा लगियो । लगाम बीनाको घोडा बनेको ओली पथले जिम्मेवार प्रतिपक्ष प्रेस जगतको गला रेटेकै छ ।

साहुजीहरुको पत्रकारिता श्रमिकको दोहन गर्न सफल छ । साम्यवादमा विश्वास राख्ने नाटक कारको झुण्ड संघीयतालाई केन्द्रको इकाई मान्ने सिद्धान्तकारको जन्म भएको पनि देखियो । ओलीको अपराधको भजन कारिता उनकै भारदाहरुले चलाए भयो । प्रेस नेपालको पत्रकारिता त्यो होइन । ओली पथले गरेका अपराधको साक्षी नबन्दा टेलिभिजन, गोरखापत्र, राससका नाइकेहरुको लागिर खतरामा पर्छ । जिम्मेवार प्रेस जगतले सरकारको नीति तथा कार्यक्रम र चुनावी घोषणापत्रको समानान्तर संरचना खोतल्ने आँट गरेन । त्यही भएर प्रम ओलीको छाडावाद घटेन ।

लोकतन्त्रले संचार जगतलाई बलियो प्रतिपक्षको रुपमा लिइन्छ । ओली सरकारका राम्रा काम कतै थिएनन् । अब हुने कुरै भएन । किनकि सचिवालय स्थायी समिति, केन्द्रीय समिति, संघीय सरकार, प्रदेश सरकार, भारदारीसभामा परिणत हुँदैछन् । त्यही कारण गणतन्त्र बदनाम भयो । संघीयता विरोधी ओली आफैं हुन् । हिजो जातीय एजेन्डामा डलर कुम्ल्याउनेहरुको हैसियत उही छ ।

वर्गीयताको एजेन्डामा जातीय घ्याम्पो फुटाएका सुभाष नेम्वाङ, देव गुरुङसम्मले लोकतन्त्रको मर्म क्रिश्चियानीटीसँग दाजेर हेर्दा जति साम्यवादी चिन्तन धरमराउँछ त्यही रुपमा केपी ओलीको प्रदेश सरकार केन्द्रका इकाई भन्दा गणतन्त्रको धोती खुस्कन्छ । गणतन्त्र ल्याउन कहाँ कति पापड बेलियो १९ हजारको ज्यान १३ हजार बेपत्ता त्यत्तिनै घाइते तथा अपाङ्गमाथि गरिएको अपराधमा राज्य लुट्न पाइएकै छ ।

आखिर व्यक्ति हत्याको आरोपमा ओली पनि १४ वर्ष जेल बसे । उनको पक्षमा गुट चलाउने भयो पार्टी भएन । भारदारी सभाका लागि बहुमतको जरुरत छैन । त्यहाँ गुण्डा पकेटमारा, डनको महत्व हुन्छ । त्यही कारण यहाँ सांसद अपरहण गरिन्छ पार्टी फुटाउन अध्यादेश ल्याइन्छ । राष्ट्रपतिलाई कानुनको ख्याल हुँदैन । प्रतिपक्ष गनिँदैन । आफैंलाई त्यो पदमा पु¥याएका अरु नेताको भाउँ हुँदैन ।

प्रम पद मनमौजी भयो । दक्षिणपन्थी क्रियाकलाप धेरै भए । देश यस्तो हालतमा छ दशैं पेश्की यी खाने । कोरोनाको उपचार सरकारले गर्दैन भन्न लाज नलाग्ने कस्तो ओलीवाद हो यो । उनका छौडा र अरिंगालले डसेका अरु छैनन् । हिजो ११ वर्ष हतियार उठाए बापत हेगको धम्की खाने छन् । यही उपद्रो मच्चाउन सिद्धान्त, विचार, विधी र प्रक्रिया त्यागेर देशमा भोको पेटमाथि लात्ति हान्ने कम्युनिष्ट कलंक जनताले चाहेको होइन ।


सम्बन्धित समाचार