Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
काठमाडौं । आफ्ना कमि कमजोरीलाई थन्काएर एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीलाई २०७५ जेठ ३ अघिकै संरचना फर्काउने घोषणा गरेलगत्तै आफ्नै समूहमा दबाबमा परेका नेता माधवकुमार नेपालले माओवादी केन्द्रका अध्यक्ष प्रचण्डसँग छलफल गरेका छन् ।
कोटेश्वरस्थित नेपालको घरमा प्रचण्ड र माधव नेपालबीच अबको रणनीतिका बारेमा छलफल भएको बुझीएको छ । एमाले भित्रको लडाईमा अध्यक्ष ओलीले कुन बेला कस्तालाई प्रभाव पार्न सकिन्छ त्यस्तै निर्णहरु गर्ने गरेकाले माधव नेपालले ओलीले फेरि पनि जालझेल गर्ने भन्दै त्यसमा नफस्ने आफूनिकट नेताहरूलाई बताएका छन् । एमाले अध्यक्ष ओलीले आइतवार राति पार्टी एकताका लागि ६ बुँदे प्रस्तावसहित अपिल जारी गरेका थिए । ओलीले माधव नेपाल पक्षको माग बमोजिम पार्टीलाई जेठ २ मा फर्काउने र माधव पक्षले शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन गरेको हस्ताक्षर र रिट निवेदन फिर्ता लिनुपर्ने बताएका छन् ।
माधव नेपालले ओलीको प्रस्ताव लगत्तै आइतवार राति पनि प्रचण्डसँग छलफल गरेका थिए । आज पनि आफूनिकट नेताहरुको बैठक बस्नुअघि प्रचण्डसँग छलफल गरेका हुन् । प्रचण्ड र माधव नेपाल विगत एक वर्षदेखि नै ओलीविरुद्ध एक ठाउँमा छन् । अहिले पार्टी अलग भए पनि नेपाल र प्रचण्डबीच गठबन्धन जारी गरिएकोछ ।
२०८२ चैत्र ४
ताजा नेपाल
२०८२ चैत्र ४
ताजा नेपाल
२०८२ चैत्र ४
ताजा नेपाल