Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

ओली गल्दा माधवमाथि थपियो संकट

काठमाडौं। पार्टी एमाले भनिए पनि माधव नेपालको ध्यान नेकपा माओवादी केन्द्रका अध्यक्षतिर तानिएको छ । उनलाई यतिबेला आफ्नो भन्दा पनि माओवादीको चिन्ताले सताएको छ । तर पनि उनी पार्टी विभाजन गरेर माओवादीमा जाने हिम्मत भने गर्न सकेका छैनन् । माधव नेपालकै माग बमोजिम नै नेकपा एमालेको नवौं महाधिवेशनको निर्वाचित कमिटी ब्युँताएपछि पूर्वप्रधानमन्त्री माधवकुमार नेपालमाथि नैतिक संकट परेको छ । अब एमालेभित्रै रहेर संघर्ष गर्ने या विद्रोह गरेर नयाँ पार्टी खोल्नेबारे उनलाई टुंगोमा पुग्न कठिन भएको छ । त्यसमाथि आफू पक्षधर नेताले साथ दिने हुन् या होइनन् भन्ने चुनौती तेर्सिएको छ । आज एमालेको महाधिवेशन आयोजक कमिटी बस्दैछ । त्यसपछि ब्युँतिएको केन्द्रीय कमिटी बैठक बस्ने तय भएको छ । एमालेको नवौं महाधिवेशनको निर्वाचित कमिटी ब्युँतिएपछि पदाधिकारी स्वतः रहने अवस्था बनेको छ । पदाधिकारीमध्ये बहुमत माधव नेपाल पक्षधर छन् । अब उनीहरु डाकिएको बैठकमा जाने हुन् या होइनन् ? नेपाल खेमाका प्रभावशाली नेता भीम रावलले २ जेठ २०७५ को अवस्थामा पार्टी कमिटी फर्काउनुलाई सकारात्मक संकेत भनेका छन् । उनले अझै आशंका गर्दै प्रतिनिधि सभा पुनःस्थापनाको विषय बाँकी रहेको स्पष्ट पारे । नेता रावलले बैठकमा जान सकिने संकेत पनि गरे । एमाले बैठकमा माधव नेपाल, भीम रावलसहित ११ जना विघटित प्रतिनिधि सभाका सांसदहरुलाई भने निम्तो गरिएको छैन । नवौं महाधिवेशनबाट निर्वाचित कमिटी ब्युँताइएकाले नेपाल खेमाका निम्तो गरिएका नेताहरु भने जानसक्ने सम्भावना बढेको छ ।


सम्बन्धित समाचार

सन्दीपले भिसाका लागि फेरि प्रयास गर्ने

२०८१ आश्विन २५

ताजा नेपाल

गुल्मीमा जिप दुर्घटना

२०८१ आश्विन २५

ताजा नेपाल

बिपी राजमार्ग आजदेखि सञ्चालनमा

२०८१ आश्विन २५

ताजा नेपाल