Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

ओली गुटको हुनु नै सबैभन्दा ठूलो योग्यता

 

काठमाडौँ । पार्टी केन्द्रमा नेताहरूले गुटगत स्वार्थलाई जोड दिँदाको फल कर्णाली प्रदेशमा देखिएको छ । कर्णालीको आगो सुदूरपश्चिम, वागमती हुँदै प्रदेश एकमा पुगेर थन्कने अवस्था छ । विवादरहित भनिएका गण्डकी र लुम्बिनीमा पनि भित्रभित्र गुटकै कारण असन्तोष देखिएको छ । तर त्यहाँ यमलाल कँडेल र गुलावजङ्ग शाह छैनन् । मौका पाउँदा कँडेल पर्यटनमन्त्री रहँदा वायु सेवा निगमलाई ध्वस्त बनाउन लागेका थिए । हङकङ राना महाप्रबन्धक भएको बेला वायु सेवा निगम कसरी ध्वस्त पारिँदैछ थियो खोतल्ने दिन आउँछ ? कँडेल र शाह कहाँबाट निर्देशित थिए खोज्न जरुरी छैन, उनीहरू चिनिए मात्र । एमाले फुटाएर काँग्रेससँग सत्ता गठबन्धन गर्ने तत्कालीन मालेका यमलाल कँडेललाई मुख्यमन्त्री बन्ने रहर हो भने पार्टीमा छलफल चलाउनुपथ्र्यो । उनको अगुवाइको यो फन्डा प्रदेश पार्टीले थाहा पाएन ।

केन्द्रमा प्रधानमन्त्री ओली र अध्यक्ष दाहाल मात्र होइनन्, वरिष्ठ नेता माधव नेपाललाई समेत थाहा दिएनन् । महेन्द्रबहादुर शाही प्रम ओलीले जस्तो पार्टीमा सहमति गरेको मसी नसुक्दै अमेरिका, बेलायतका राजदूत छान्ने राजनीतिक नियुक्ति गर्ने जस्ता निर्णय एकल गरेका थिएनन् । सामूहिक छलफल नगरी प्रम ओली रवैयाले केन्द्र ध्वस्त छ । प्रदेश– १ र वागमतीको हालत त्यस्तै छ । शेरधन राई र डोरमणि पौडेलको हुकुम तामेली गर्न नचाहने त्यो प्रदेशमा नेकपा एमाले पक्षकै धेरै छन् । राजनीति वरिष्ठताको ख्याल भएन । डोरमणिभन्दा अष्टलक्ष्मी वरिष्ठ हुन्, शेरधनभन्दा भीम आचार्य वरिष्ठ हुन् । उनीहरू ओलीका परेका कारण वरिष्ठता मिच्दा पनि सबैले सहेकै छन् ।

कर्णालीमा ३३ सांसद नेकपाका छन् । नेकपाको सरकारलाई विकासवादी जनताको सेवक भन्ने ठाउँ नै राखिएको छैन । अर्थमन्त्रीले ३ वर्ष बजेट ल्याए । जनताको सरोकार र गरीबको हितमा ध्यान नदिने डा. युवराज खतिवडा प्रम अ‍ोलीकै विश्वासपात्र थिए । भ्रष्टाचारसँग जोडिएका उपप्रम ईश्वर पोखरेल, स्वास्थ्यमन्त्री भानुभक्त ढकाल ओलीकै विश्वासी हुन् । कर्णाली प्रणेशका यमलाल कँडेल र गुलावजङ्ग शाह हिजो वामदेवको कोटाबाट सांसद भए । महेन्द्र शाहीविरुद्ध अविश्वास प्रस्ताव दर्ता गर्दाको बेला उनीहरू ओली पक्ष भएका थिए । भ्रष्टाचार गर्दा कारबाही नहुने र अनुशासन तोड्दा उन्मुक्ति पाउने सिस्टमले नेकपामा जह्रो गाडेको छ । तर पनि कुरा विकास र समृद्धिमै छ ।

जसकाे कारण बिग्रेको अर्थनीति
भोकमरीमा जनता तड्पिइरहेको बेला आफू ३ करोडको गाडी चढ्ने चकलेट व्यापारीको कर घटाउने, विद्युतीय गाडीमा कर थोपरेर पार्टीको निर्वाचन घोषणापत्रलाई धोती लगाइदिने डा. युवराज खतिवडाले बिगारेको स्थिति विष्णु पौडेलले कति समयमा सपार्लान् ? सर्वत्र चासोको विषय बनेको छ । गरीबको पार्टी, गरीबका नेताले सत्ता चलाएको बेला नेकपाको बदनाम भयो । इज्जत बचेन । प्रधानमन्त्री ओलीलाई गुटको सेवक भएर पुगेकै हो । उनले भोकमरीमा जनता पिल्सिएको देखेनन् । उनले देखे राजदूत र गुटका मान्छेको स्वार्थ । प्रम ओलीलाई पार्टी खाँचो परेन, स्थायी समितिको आग्रह सुन्नु थिएन ।

प्रचण्डलाई दबाउन सके भयो, माधवलाई खुच्चिङ गर्न पाए पुग्यो । अर्थ मन्त्रालयले जनताको दुःख बुझेन । त्यहाँ जनताका प्रतिनिधि थिएनन् । केवल माफियाको सेवक थिए । सांसद विकास कोषको पैसा काटेर जनतालाई राहत दिँदा गरीबको सरकारले थाहा पाएन । ओलीको समृद्धिमा खान नपाएर मर्नेको अवस्था नेकापाले बुझेन । निरीह जनतालाई राहत दिने सरकारले कोरोनाका बेला उपयोगी भ्यान्टिलेटर किनेन तर गाडी मर्मत र खरिदमै अरबौँ छुट्ट्यायो । सङ्कटको बेला बजेट बढाउने ठाउँ उस्तै थिए ।

जनताको आधारभूत आवश्यकता महसुस नगर्ने अर्थमन्त्रीले बिगारेको बाटो सपार्न समय कति लाग्छ ? गरीबको भोको पेट खाली तर ८८४ सांसद गणतन्त्रले पालेकै छ । विवेकहीन मान्छेले बिगारेको बाटो सपार्न समय लाग्छ । जसले पदको बचाउ मात्र गर्छ, समग्र राष्ट्रको ख्याल गर्दैैन, त्यो जनपक्षीय हुनै सक्दैन । टेक्नोक्र्याट पनि लफुङ्गो टेक्नोक्र्याट डा. खतिवडा पदमुक्त हुँदा चिन्ता कसैको भएन । राम्रो काम गर्न धेरै मेहनत गर्नुपर्दैन । नेकपामा काम देखाएका अर्थमन्त्रीहरू पनि थिए तर प्रम ओलीले दलाल बोके, जनताको पीडा बुझ्ने मान्छे छान्न जानेका होइनन् ।


सम्बन्धित समाचार