Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

ओली निवासमा शनिबार सचिवालय बैठक

काठमाडौं । नेकपा एमालेको सचिवालय बैठक शनिबार भक्तपुरको गुन्डुमा बस्ने भएको छ ।

एमालेका सचिव महेश बस्नेतका अनुसार बैठक जेठ २ गते दिउँसो १ बजे गुन्डुस्थित पार्टी अध्यक्ष केपी शर्मा ओलीको निवासमा सुरु हुनेछ ।

बस्नेतले आठौँ सचिवालय बैठकमा देशको समसामयिक राजनीतिक अवस्था, संगठन सुदृढीकरण, केन्द्रीय नेताहरूको कार्यविभाजन, जनताका अपेक्षा, सरकारका कामकारबाही, पार्टीको आगामी कार्यदिशा तथा राष्ट्रिय हितसँग सम्बन्धित विषयमा गम्भीर समीक्षा हुने बताएका छन् ।

बैठकबाट विभिन्न महत्त्वपूर्ण निर्णयसमेत हुने विश्वास गरिएको एमालेले जनाएको छ ।