Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

ओली बैठकमा बस्न मोनन्, दिइयो तीन दिनको अल्टिमेटम, छिनोफानो २० गते

काठमाडौं । बहुमतकै पेलानमा पर्ने डर भए पछि प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओली बैठकबाटै भाग्ने चोरबाटो खोज्दैछन् । घरी स्वास्थ्यको समस्या देखाउने त घरी सुरक्षा चुनौती देखाउने प्रधानमन्त्री ताप्लेजुङ पुगेर मच्ची मच्ची उखान टुक्का सुनाउन भ्याएकै छन् । तर पार्टी सचिवालयको बैठक पार्टी कार्यालयमा बोलाउँदा उनलाई सुरक्षाको विश्वास भएन र सरकारी निवासमै सबैलाई मुन्ट्याए ।

नेपाल कम्युनिस्ट पार्टीको पूर्वनिर्धारित स्थायी समिति बैठक प्रभावित बनेको छ । पार्टीभित्र विवाद चर्किँदै जानु र प्रधानमन्त्री समेत रहेका पार्टी अध्यक्ष केपी शर्मा ओलीले बैठकमा सहभागिता नै जनाउन आनाकानी गरेपछि मंसिर १८ गतेका लागि तय भएको स्थायी समिति बैठक प्रभावित बनेको हो ।

पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठ प्रकाशले बुधबारको बैठकमा ओली बैठकमा सहभागी नभएको बताए । ओलीले बैठकमा सहभागिता जनाउने प्रतिबद्धता जनाएपनि अन्तिम समयमा सहभागी नभएका हुन् । उनी बैठकमा सहभागी हुने प्रतिवद्धता नै आएर बुधबार १ बजेका लागि तय भएको सचिवालय बैठक २ बजेका लागि सारिएको थियो । तर सो बैठकमा पनि ओली नआएपछि बैठक मंसिर १ गतेसम्मका लागि स्थगित गरिएको प्रवक्ता श्रेष्ठले जानकारी दिए ।

आजको बैठकले पार्टीमा देखापरेको संकट र विद्यमान समस्या समाधानका लागि ओलीको समेत उपस्थितिमा छलफल गर्नु आवश्यक, उपयुक्त र उचित हुने निष्कर्षका लागि २० गतेको बैठकमा अनिवार्य उपस्थिपतिको अपेक्षासहित उपस्थित हुन अनुरोध गर्ने निर्णय भएको श्रेष्ठले जानकारी दिए । यस्तै १८ गतेको स्थायी समिति बैठक सारेर मंसिर २१ गतेलाई तय भएको पनि श्रेष्ठले जानकारी दिए ।

ओलीले प्रचण्डले कात्तिक २८ गते ल्याएको प्रस्ताव फिर्ता हुनुपर्ने माग राख्दै आएका छन् भने प्रचण्डसहितका बहुमत सचिवालय सदस्यले भने ओली छलफलबाट भाग्ने गरेको आरोप लगाउँदै आएका छन् ।

ओलीलाई ३ दिनको अल्टिमेटम
बैठकमा प्रधानमन्त्री ओली सहभागी नभएपछि प्रचण्ड–माधव नेपालसहितका नेताहरुले आक्रोश पोखेका थिए । बैठकमा ओलीको हर्कतको विरोध गर्दै वरिष्ठ नेता झलनाथ खनालले उनी बैठकबाट भागेर गल्ती गरेको भन्दै अब चुप लाग्न नहुने धारणा राखेका थिए । उनले उनलाई ३ दिन ओलीलाई अल्टिमेटम दिने र त्यसपछि पनि बैठक छल्न खोले आवश्यक निर्णय गर्नुपर्ने धारणा राखे । सोही अनुसार ३ दिनको अल्टिमेटम दिइएको एक सचिवालय नेताले जानकारी दिए ।

मंसिर २० गतेसम्मका लागि स्थगित
नेकपाको सचिवालय बैठक केहीबेरमात्रै बसेर स्थगित भएको छ । पार्टी अध्यक्षद्वय केपी शर्मा ओली र प्रचण्डको प्रस्तावका सन्दर्भमा छलफलका लागि बोलाइएको सचिवालय बैठक केहीबेरमात्रै बसेर मंसिर २० गतेसम्मका लागि स्थगित गरिएको हो । कात्तिक २८ गते कार्यकारी अध्यक्ष प्रचण्डले प्रधानमन्त्री समेत रहेका अध्यक्ष ओलीको कार्यशैलीको आलोचना गर्दै प्रस्ताव ल्याएका थिए भने ओलीले पनि त्यसको जवाफमा मंसिर १३ गते प्रतिवेदन ल्याएका थिए । सोही प्रस्तावको विषयमै नेकपाभित्र विवाद छ । प्रधानमन्त्री ओलीले प्रचण्डको प्रस्तावमाथि छलफल नै हुन नसक्ने अडान लिँदै आएका छन् ।


सम्बन्धित समाचार