Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

ओली भन्दा अघि बालुवाटार छिरे रवि

काठमाडौं । आज प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले भेटवार्ता गरेका छन् । लामिछाने बिहान ८ बजेको समयमा प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार पुगेको बताइन्छ । प्रधानमन्त्रीसँग झण्डै आधा घण्टा कुराकानी गरेपछि लामिछाने त्यहाँबाट फर्केका हुन् । रवि निस्केको एक घण्टापछि एमाले अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्रीसँग छलफल गर्न बालुवाटार पुग्नुभएको थियो । एमाले अध्यक्ष र प्रधानमन्त्रीबीच पौने २ घण्टा कुराकानी भएको बताइएको छ । यसअघि लामिछाने हिजो साँझ शीतल निवास पुगेका थिए । शीतल निवासमा राष्ट्रपति विद्यादेवी भण्डारीसँग लामिछानेले आधा घण्टा कुराकानी गरेका हुन् ।