Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले संसदको गतिरोध हटाउने प्रमुख प्रतिपक्षी एमालेका नेता केपी शर्मा ओलीसँग संवाद अगाडि बढाएका छन् । अध्यक्ष ओलीसँग छलफल गर्न प्रधानमन्त्री शेरबहादुर देउवाले कानुन, न्याय तथा संसदीय मामिलामन्त्री ज्ञानेन्द्रबहादुर कार्कीलाई उन निवास बालकोट पठाएका हुन् ।
बुधबार मध्यरातबाट निष्क्रिय भएका फौजदारी कसुर र फौजदारी कार्यविधिसम्बन्धी केही नेपाल ऐन संशोधन अध्यादेश र यौन हिंसाविरुद्ध केही नेपाल ऐन संशोधन अध्यादेशकै व्यवस्था समेटेर नयाँ विधेयक दर्ता गरिएको हो । कानुन न्याय तथा संसदीय मामिला मन्त्रालयका तर्फबाट बिहीबार विधेयक दर्ता भएको हो । दर्ता विधेयक अब संसद्को नियमित प्रक्रियाबाटै अघि बढ्नेछ । निष्क्रिय भएका अध्यादेशकै विषय समेटेर नयाँ विधेयक ल्याइएको हो । मुख्यत बजेटको प्रतिस्थापन विधेयक पारित गर्न असोज ४ गते सोमबारका लागि संसद बैठक बोलाइएको छ ।
उक्त बैठकमा पनि एमालेको अवरोध नहट्ने संकेत देखाएपछि देउवाले सहमतिको प्रयासका लागि विश्वासपात्रमार्फत ओलीसँग संवाद बढाउन खोजेको देखिन्छ । यसअघि भदौ १५ गते पनि प्रधानमन्त्री देउवाले ओलीसँग सम्बन्ध सुधार गर्ने प्रयास गरेका थिए । ओली संवादका लागि प्रधानमन्त्री देउवाले आफ्ना विश्वासपात्र कार्कीलाई बालकोट पठाएका थिए । तर एमालेलाई मनाउने प्रयास सफल हुन सकेन । भदौ २३ गतेदेखि सुरु भएको संसद बैठकमा एमालेले अवरोध जारी राखेको छ ।
२०८३ जेष्ठ ४
ताजा नेपाल
२०८३ जेष्ठ ४
ताजा नेपाल
२०८३ जेष्ठ ४
ताजा नेपाल