Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

ओली राजमा सबैतिर अराजकता

पार्टी पार्टी जस्ता नभएपछि त्यहाँ सिद्धान्त, विचार र कामको ख्याल हुँदैन । काँग्रेसमाथि स्वार्थी समूह ठेकेदार र एक माफीया तस्करले ठाउँ लिए । त्यही कारण गुट र समूहको स्वार्थमा लडाइँ हुन्छ । सिद्धान्त, नीति, विचार, भष्टीकरण हुन्छ । एमालेमा अध्यक्ष ओलीले नेतृत्व लिएपछि एकछत्र रजाई गरे । पार्टी र सरकारमा मात्र होइन राजनीतिक संयन्त्रमा समेत तिनको हाउगुजी छ । काँग्रेसमा पनि त्यही छ । सभापति देउवाले डा. शेखर कोइरालासँग पार्टीका बारेमा छलफल गर्दा भएको सहमति कार्यान्वयन गरेको भए असन्तुष्टि बढ्ने थिएन । बागमती प्रदेशमा काँग्रेसबीचमा र कर्णालीमा गठबन्धनबीचमा चरम द्वन्द्व छ । एमालेमा त्यस्तै छ । अध्यक्षको एकल निर्णय नै पार्टीको निर्णय स्वीकार्नुपर्छ । त्यहाँ बहस संगठन विस्तारमा हुँदैन । भएका कार्यकर्तालाई क्रियाशिल गराउनेमा पनि छैन । बा भन्नेहरू, परस्त्री लम्पट, यौनका पारखी भए पनि जोगिने अध्यक्षको जयजयकार गर्नेले सेवा सुविधा राजनीतिक नियुक्ति पाउने, योग्य र क्षमता भए पनि चासो नदिने भएकै कारण हिजोका सहयात्रीले लत्तो छाडेका छन् । यो पारा १० वर्ष हतियार उठाएको माओवादीमा पनि छ । हिजो सँगै लडेका हिँडेका मोहन वैद्य, डा. बाबुराम भट्टराईहरू अब्बल क्रान्तिकारी बनेर कार्यकर्ता बिनाको पार्टी र विचारमा भुत्ते व्यक्तिसँग रमाएका छन् ।
नेत्रविक्रम चन्दको क्रान्तिकारीता स्थानीय तहको निर्वाचनमा उदांगो भएको हो । गल्ती प्रचण्डको मात्र छैन । वैद्य, चन्द र बाबुरामहरूको पनि छ । एमालेमा अध्यक्षका अगाडि उनले प्रस्तुत गरेका कार्य योजनाका बारेमा सम्वाद हुँदैन । त्यहाँ ओलीवाद छ । प्रश्न उठाए डा भीम रावल हुनुपर्छ । अध्यक्षको मिनबहादुर गुरुङ मोहको आलोचना गर्दा डा. बृन्दा पाण्डे र उषाकिरण तिमिल्सिनाले जे भोगे त्यही हुनुपर्छ । आलोचना गर्नै नपाउने केपी ओली परमेशवर होइनन् । प्रचण्डको कार्यशैलीको आलोचना हुन्छ । तर त्यो आलोचना गर्ने पार्टीको फोरम होला । नेतामै अराजकता छ । पद अनुसार ठाउँ र कार्यक्षेत्रभित्र भएको आलोचनाले पार्टी सुदृढ हुन्छ । मनपरी जता पनि बोल्नु अराजकता हो । तर केन्द्रीय सदस्यले गर्ने आलोचना केन्द्रीय समितिको बैठकमा हो । दलहरूले त्यस्तो बैठक नै एक वर्ष, छ महिनामा मात्र राख्छन् । त्यो बेलासम्म नेताले उठाएको इश्युमा पार्टी पछि पर्छ । धोकाको राज यहाँ चल्यो । सरकारी पद प्रम र पार्टीको अध्यक्ष पदमा कब्जा गरेर अरुलाई पार्टीको अपनत्व दर्शाउन नदिने प्रवृत्तिको उत्कर्ष नै वामपन्थी मतविभाजन हो । त्यसले पार्टी विभाजनसम्म पु¥याउँछ । एमाले फुटेको कारण त्यही हो । आज एमालेमा त्यही हुँदैछ । अध्यक्ष ओलीलाई उनकै गुटका संचार अरिंगालहरूले यो पटक साथ दिएनन् । हिजो बोली झर्नासाथ प्रचार गर्ने साइबल स्यालहरू आज पछि लागेका छैनन् । जनता बाठो भइसके । नेताका प्रवचलने पेटभर्दैन । शिक्षा, स्वास्थ्य र रोजगारका कुराप्रति सरकार बेपत्ता छ । जनताको सरोकारका कुराप्रति ओली सरकार कति लापरबाही गर्छ भन्ने कुरा माफियालाई जग्गा दिने भूमि विधेयक हो । तस्करी नियन्त्रण गर्न एयरपोर्टमा एक्सरे मेशिनको माग प्रहरीले गर्दा अर्थले जडान गर्दैन । त्यो भनेको मन्त्री, सचिव, भन्सारका कर्मचारीको खाइखेती नरोकौ भन्ने हो । विश्वासघात, अन्तरघात चरम हुनुमा दोषी नेतृत्व हो । व्यवस्था बदलिने कानुन नयाँ बन्ने व्यवहार १९औं शताब्दीमा केन्द्रीत हुन्छ भने यहाँ परिवर्तनको आशा कसरी हुन्छ ? वर्तमान सरकारलाई जनताको समस्यामा केन्द्रीत बनाउन एमालेको स्थायी कमिटी, पोलिटब्यूरो, पदाधिकारी मात्र होइन, सचिवालयले समेत सुझाव दिएको सुनिँदैन । यस्तो पार्टीमा विवाद चनर्किए कस्को पार्टीमा चर्कन्छ । एमालेमा केपी ओलीले चम्काउने विवाद उनले समाधान गर्नुपर्छ । त्यस्तो एकद्वार सिष्टम माओवादीमा पनि छैन, काँग्रेसमा सामूहिकता पदाधिकारी बैठकमा देखिन्छ । काम जति हुनुपर्छ सभापतिले गछन् । देउवा र प्रचण्डका कुरा सुन्छन् निर्णय एक्लै गर्छन् केपी ओली कुरा पनि सुन्दैनन् । आफूलाई लाग्यो भने डाक्टरको क्षमता र योग्यता आवश्यक पर्ने ठाउँमा महेश बस्नेत जस्ता डन खटाए पनि मान्नु पर्ने स्थिति छ । जहाँ जुन शक्तिको जरुरी पर्छ त्यसको छनोटमा योग्यता चाहिन्छ । तर प्रधानमन्त्रीले खटाएका मान्छे उनको बाहेक अरुको कुरा सुन्दैनन् । माफिया र तस्करीको जगजगीबाट चलेको सत्ता निर्माण गर्दैमा छानविनको क्रममा रहेको विकृतिमाथि अनुसन्धान नगर्ने शर्त राख्नु नै यो सरकारको राष्ट्रिय एजेन्डा हो । रामेश्वर थापा यो सरकारका परमेश्वर हुन् । उनको व्यवसायमा प्रश्न उठ्दैन । यस्तो सरकारले मजदूर, किसानको भलो गर्दैन भन्ने कुरा छ छर्लङ्ग छ । आज देशका साझा समस्या कति छन् ? दलीय छलफलबाट निर्णय भएको सुनिँदैन । दलीय स्वार्थ केन्द्रीत सरकारका ती योजनाहरू समयमा सम्पन्न हुने अवस्था छैन । देश केपी ओली र शेरबहादुरको आडमा डा. आरजु देउवाको हैकममा चलाउँदा नत व्यवस्था सुध्रियो, न त अवस्था सुध्रियो, जनताको जीवनस्तर सुध्रियोस् कसरी ?


सम्बन्धित समाचार

देउवा गुट भयो लाचारी

२०८२ फाल्गुन २७

ताजा नेपाल

चुनावले जोगायो फौजको इज्जत

२०८२ फाल्गुन २७

ताजा नेपाल

बाबुरामको यहाँ भन्दा पतन हुने ठाउँ छैन

२०८२ फाल्गुन २७

ताजा नेपाल