Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
काठमाडौं। नकेपाको विवाद यतिबेला जति उम्लिरहेको छ त्यो पहिलो पुस्ताको रिसको पोको हो । पहिलो पुस्तालाई नेतृत्वबाट पन्छाउन सक्ने हो भने नेकपाको विवाद समाधान पहिलो र सजिलो सूत्र हुन सक्छ । नेकपा एमाले एकताका लागि मध्यमार्गी दोस्रो र तेस्रो पुस्ताका नेताहरुले नयाँ विकल्पबारे छलफल बढाएका छन् । उनीहरुले अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबाहेकको तेस्रो व्यक्तिलाई नेतृत्वमा ल्याएर पार्टी एकता जोगाउनेबारे छलफल चलाएका हुन् । जुन विकल्पका बारेमा एमाले वरिष्ठ नेता माधवकुमार नेपालले नै बाटो खुला गरिदिएका हुन् । ओली र नेपालका अलावा ७० कटेका वरिष्ठ नेता झलनाथ खनाल र उपाध्यक्ष बामदेव गौतमबाहेकबाट नेतृत्व खोज्ने र एकता जोगाउनेमा धेरै नेताहरु लचिलो बन्दै गएका छन् । स्वयं नेता नेपाल र खनाल पनि यसमा सहमत छन् । गौतम पनि यो विकल्पमा लचिलो भएको बुझिएको छ । तर, अध्यक्ष ओली यसमा तयार देखिएका छैनन् । विगतमा उनले नेकपा छँदै नेतृत्वमा आफू र प्रचण्डबाहेक तेस्रो व्यक्तिको प्रस्ताव भने राखेका थिए । अहिले नेकपा एमाले न मिल्न सक्छ न जुट्न । एमाले अनिर्णयको बन्दी भइरहँदा अध्यक्ष केपी शर्मा ओली र माधवकुमार नेपाल दुवैको विकल्प खोज्ने प्रयास पनि भइरहेको छ । तर, त्यो सफल हुन सकेको छैन । एमालेमा जसरी पनि ओलीलाई हटाउन नेपाल लागेका छन् । तर, सकिरहेका छैनन् । तेस्रो व्यक्तिलाई कार्यवाहक अध्यक्ष बनाएर महाधिवेशनमा जाने सम्मको सर्त नेपालको छ । तर, यसमा ओली सहमत नभएके बुझएको छ । एकताका लागि अध्यक्ष केपी शर्मा ओलीले विभिन्न विकल्पमा छलफल गर्न चाहेपनि वरिष्ठ नेता माधवकुमार नेपाल तयार देखिएका छैनन् । उनले ओलीमाथि अलमलाउन मात्र खोजेको आरोप लगाइरहेका छन् । ओली भने विभिन्न शर्त र प्रस्ताव सारेर माधव नेपालसँग राजनीतिक लेनदेन गर्न खोजिरहेका छन् । विश्वस्त स्रोतका अनुसार ओलीसँग निकट केही नेताहरुले नेता नेपालले विभिन्न माध्यमले कुराकानी गर्दै आएका छन् । उनले एमाले एकताका लागि केही विकल्पहरु समेत सारेको बुझिएको छ ।
२०८२ चैत्र ५
ताजा नेपाल
२०८२ चैत्र ५
ताजा नेपाल
२०८२ चैत्र ५
ताजा नेपाल