Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

ओली र विप्लव आज एउटै मञ्चमा, शीर्ष नेताहरुलाई आजै जेलबाट छाडिने

काठमाडौं । एनसेलमा बम पड्काएपछि ओली सरकारलेनै प्रतिबन्धित गरेको अर्को कम्युनिष्ट पार्टी नेकपा विप्लवलाई ओली सरकार आफू घेरिएपछि खुल्ला राजनीतिमा ल्याउन सफल भएको छ । नेपाल सरकार र नेत्रविक्रम चन्द ‘विप्लव’ समूहबीच तीन बुँदे सहमति भएको छ। सहमतिको विस्तृत विवरणसहित आज एक कार्यक्रम आयोजना गरी प्रधानमन्त्री केपी शर्मा ओली र विप्लव समूहका महासचिव विप्लवले सम्बोधन गर्ने भएका छन्। बिहीबार जारी प्रेस नोटमा उल्लेख भए अनुसार आज २ बजे प्रधानमन्त्री ओली र विप्लवले एउटै मञ्चमा सम्बोधन गर्ने कार्यक्रम रहेको हो। प्रधानमन्त्री निवास बालुवाटारमा बिहीबार बिहान भएको वार्तामा सरकार र विप्लवबीच तीन बुँदे सहमति भएको हो। सरकारसँग तीन बुँदे सहमति भएपछि विप्लव समूह शान्तिपूर्ण राजनीतिमा आउन सहमति भएको छ। सहमतिसँगै सरकारले विप्लव समूहमाथिको प्रतिबन्ध पनि हटाएको छ। सरकार र विप्लव समूहबीच ३ बुँदे सहमति भएपछि गृह मन्त्रालयले हिरासतमा रहेका नेता कार्यकर्तालाई आजबाट छाड्ने भएको छ । गृहको परिपत्र अनुसार उनीहरुलाई छाड्न लागिएको हो । परिपत्र अनुसार आज समूहका उपल्ला नेताहरुमध्ये धर्मेन्द्र बास्तोला, वीरजंग चन्द, ओम पुन र माइला लामालगायतलाई छाड्ने तयारी रहेको छ ।