Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

ओली शासनमा देश खाने नबच्ने

काठमाडौं । फूर्ति जति गरे पनि नेपाली कम्युनिष्ट आन्दोलनका धुन्दुकारी बनेका एमाले अध्यक्ष केपी शर्मा ओलीलाई पार्टी हितका लागि नैनिकताको पाठ कसैले सिकाएर सुन्ने फुर्सद छैन । उनले गरेका विधान विपरितका पार्टी निर्णयहरूले उनलाई मात्र होइन पार्टीको सचिवालयलाई समेत सोचन बाध्य बनाएको छ । ओली सरकारमा उनकै दासहरू थिए । काँग्रेसकी आरजु राणा र दीपक खड्का, रमेश लेखक मात्र होइनन् तत्कालिन सभापति शेबरहादुर देउवाको समेत आशिर्वाद प्राप्त अनुुहारहरूले मुलुकको राष्ट्रियश्रोत कुम्ल्याएको अवस्था थियो । ३२ सिटे प्रमुख प्रतिपक्षी र २१ सिटे प्रतिपक्षीको गणनै थिएन । राप्रपा नामको पञ्च टुकटी त्यहाँ थियो । संविधानमै नभएको दाजुको वंशरण गर्ने समुहलाई पुनः राज्यसत्तामा स्थापना गर्न पाउनुपर्छ भने माग त्यसले उठाइरहेको थियो । चैत १५ गतेको उल्कापात, राजतन्त्र पुनस्र्थापना र हिन्दू धर्मसँग जोडिएको थियो । संसदमा माओवादी र रास्वपाले बोलेर कसैले सुन्ने अवस्था थिएन । किनकि देशमा जघन्य अपराधका घटना घटे पनि प्रधानमन्त्रीलाई चासो थिएन । ओलीले काखमा लिएर पठाउने जिम्मा लिएका बालबालिकाहरूको पालन पोषण खर्च कहिल्यै जुटाएनन् । त्यो लहर नेकपा कालको थियो । रात रहयो अग्राख पालायो भने जस्तै नेपालको राजनीतिमा बालुवाटर जग्गा प्रकरण र काँग्रेसी न्यायाधीश कुमार रेग्मीबाट नेकपा विभाजनको लहर एकै पटक फैलियो । ओली नजिते आची खान्छु भन्नेहरू बेपत्ता छन् । केहीलाई फेसबुकमै आची खुवाइएको छ भने आफ्नै विश्वासपात्र महेश बस्नेतको लगानीमा गुण्डुको ओली कुटी संरक्षण गर्ने गुण्डाहरू नै यतिखेर तितरबितर भएका छन् । बालिका खड्का, शोभा पाठक जस्ता महिला कार्यकर्ताहरूमाथि यौन शोषण गर्ने गर्विलो शक्ति ओलीकै अघिपछि थियो । राजश्व मारा व्यापारी पनि उनका सहयोगी बनेका थिए । तर अब काँग्रेसका चाउचाउ मालिक विनोद चौधरी, भृकुटी कागज कारखानाको १२ करोड ७ लाख बुझाउन बाँकी रहेका हितेष गोल्छा, कोरानाकालमा थर्मल गनको कालोबजारी गर्ने सहिल अग्रवाल जस्ता बहादुरहरू पनि उम्किने अवस्था छैन् । त्यसो त राष्ट्रपतिमार्फत् समाजमा उत्कृष्ट कार्य गर्नेहरूलाई सम्मानस्वरूप दिलाउने पदक तथा विभूषणको पनि त्यतिबेला व्यापार भएकै थियो । डा. मोती दुगड, दीपक भट्ट, दीपक मलहोत्रा सम्मको अवस्था अब विगत जस्तो रहने छैन । ओली काल चिरस्थायी बनाउने दाउमा धेरै थिए । तर, चुनाव प्रचारको समयमा उनीहरू आफ्ना संरक्षणकर्ताको अघि पछि देखिन सकेनन् । नेपाल ट्रष्टको सम्पत्ति कौडीको भाउमा यति समूहलाई सुम्पने कार्य होस् वा भाटभटेनीको उहपार मसलन्द खर्च ठानेका योजनाहरू किन नहुन् । गिरिबन्धु, नेपाल ट्रष्ट, बायुसेवा निगमभित्रका काण्डहरू दबाउने काम त्यतिबेलै भयो जतिबेला नक्कली भुटानी शरणार्थी काण्ड र ६६ किलो सुन काण्ड सार्वजनिक भयो । नेपाल र भारतबीचको सम्बन्ध बिगार्ने गरी ल्याइएको चितवनको माडीस्थित अयोध्यापुरी धाम पनि अहिले अलपत्र छ । जताततै विकास र समृद्धिका कुरा गरेर राज्यको तर्फबाट गर्नु पर्ने दायित्व पूरा नगर्ने चमत्कारीहरूका लागि अब विगत जस्तो वातावरण नहुन सक्छ । अ‍ोली आफैं मात्र होइन आफ्नै वरिपरिका अनुहारहरूको इच्छा पूरा गर्दा समेत विवादमा परेका छन् । एनसेलका प्रचारका पृथ्वी सुब्बा हुन् वा शंकर पोखरेल नै किन नहुन् । २०५२ सालसम्मका सुकुम्बासी विष्णु पौडेल हुन् वा प्रदीप ज्ञवाली नै उनीहरू स्वार्थमा चल्थे । त्यहाँ विचार र सिद्धान्तको कुरा थिएन । विद्यावारिधी गरेका राजन भट्टराई, बसपार्क कब्जा गर्ने रघुवीर महासेठ, पश्चिमका लेखराज भट्ट जस्ता पात्रहरू पनि अ‍ोलीकै अघिपछि लाग्दा बदनाम भए । जहाँ नैतिकताको प्रश्न उठ्छ त्यो प्रश्नले अरुलाई दुर्बचनबाट पेल्ने शैलीले सुरेन्द्र पाण्डे र योगेश भट्टराईहरूको मात्र होइन बृन्दा पाण्डे, उषाकिरण तिमिल्सिनाको पदमाथि प्रहार गर्ने आँट समेत अब नहुन सक्छ । किनकि विष्णु रिमालहरूले देखाएको रिपोर्टबाट एमाले बलियो बन्न सकेन । त्यही कारण उनीहरू नै यतिखेर नेपालको वापमन्थी जनमतलाई पुनः समेटेर देशको समृद्धि र विकासमा वामपन्थीहरू नै आवश्यक छन् भन्ने निर्णय गराउन तिनले सके भने पनि अनौठो नमाने हुन्छ ।