Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
काठमाण्डौ । आफ्नो पार्टीमा मिलाउदा मिलाउदै विग्रीएको अवस्था सुधार गर्ने तयारीमा रहेका प्रम शेरबहादुर देउवालाई एमाले विभाजन गर्दाको संकट मन्त्री परिषद विस्तारमा देखिएको छ । असार २९ मा प्रम भएका देउवासँग चार मन्त्री एक राज्यमन्त्रीबाट चलेको शासन कस्ता होला ? प्रमको नाताले भौतिक पूर्वधार, सहरी विकास, सञ्चार, शिक्षा, वन, भूमिसुुधार, कृषि, पर्यटन मात्र होइन राष्ट्रसेवक कर्मचारी चलाउने संघिय मामीला, उद्योग बाणिज्य तथा आपूर्ती परराष्ट्र श्रम जस्ता ठूला र बढी बजेट भएका मन्त्रालय खाली छन् । ती मन्त्रालयका सचिवहरु फाइल बोक्दै प्रधानमन्त्री खोज्दै हिडिरहेका छन् । सचिवहरु छन् तर तीनीहरुले नितिगत निर्णयमा कलम चोप्दैनन् । प्रधानमन्त्री शेरबहादुर देउवाले असार २९ गते पाँच दलीय गठबन्धनको तर्फबाट सपथ लिएका थिए । तर अहिले उनलाई यहि गठबन्धन काउशो बन्दैछ । किनकी पदका लोभी र भ्रष्टाचारका विज्ञहरु नेकपा माओवादी, नेकपा, समाजवादी, जसपा र काँग्रेसमा धेरै छन् । तीनै भ्रष्टलाई मन्त्री बनाउन नेताहरुलाई दबाब परेको छ । यस्तै दबाब प्रधानमन्त्री देउवालाई पनि आफ्नो पार्टीबाट परेको कारण यो भद्रगोल देखिएको हो ।
प्रधानमन्त्री देउवाको गठबन्धन टीम भित्रका जसपा र नेकपा समाजवादी आन्तरिक संकटमा छन् । यीनले मन्त्रीको नाँउ दिन ढिलाई गर्दा प्रतिपक्ष दलका नेता केपी शर्मा ओलीले पनि सरकारलाई अप्ठेरो बनाएका छन् । उनले एमालेबाट फुटेर गएको नेकपा समाजवादी अवैद्य हो भन्दै त्यसका १४ सांसदको पद खारेजीका लागि अदालतमा उजुरी दिए । जबकी निर्वाचन आयोगले भदौ ९ मा दलको आधिकारीता दिलाएको थियो भने प्रदेश सांसदहरुले भाद्र २२ गते दल रोजेका थिए । एमालेलाई प्रदेश १ र बागमतिमा दल विभाजनले पारेको संकटको फिरौती लिन संघिय सरकारलाई बन्धक बनाउन सहज भएको छ । केपि ओली आफैले हत्या गरेको संसदमा अवरोध सिर्जना गरि निर्वाचनको बाटोमा सरकार जाओस् भन्ने अभियानमा छन् ।
समस्या ओलीबाट फुटेका माधव नेपालमा छ । नेपालले २० प्रतिशत लिएर पार्टी फुटाए । तर १० भाईले धोका दिदा अध्यादेश थान्को लगाउनु पर्ने बाध्यता यीनमा पर्याे । ती १० भाईलाई ओलीले थाङ्नामा सुताईसकेका छन् । भिम रावलको राष्ट्रवाद बालकोटमा लम्पसार पर्दा घनश्याम भूषालको दर्शन पनि खुइलिएको छ । सुरेन्द्र पाण्डे आफै ओलीको मुकुण्डो लगाएर माधव विरुद्ध जाई लागिरहेका बेला योगेश भट्टराईले प्रचार विभागमा चित्त बुझाउनु परेको छ । कुर्सीको स्वाद फेरेका अष्टलक्ष्मी र भिम आर्चायको आयू पनि अब सकिदैछ । भन्नका लागि त सर्वाेच्चमा परेको नेकपा समाजवादी खारेजीको इस्यू देखिन्छ । तर लडाँइ एमसीसीको पक्षधर र विरोधी बीचको टक्कर हुन सक्छ । समस्या जसपामा पनि त्यस्तै छ । त्यो समूहबाट पार्टी फुटाउन ५ जना भए पुग्छ । मन्त्री पदका लागि महन्त ठाकुर छाडेर आएका ६ जनाले पार्टी फुटाए भने उपेन्द्रको हैकम झन् सकिन्छ ।
संसदमा पुगेका प्रस्ताव झमेला गर्नका लागि राष्ट्रिय सभा सकृय हुन्छ । त्यहाँ अध्यक्ष ओलीका भक्त छन् । सरकारले पूर्णता पाउनका लागि कानूनी झमेला सहनु पर्छ भन्ने होइन । प्रधानमन्त्रीको आँट नहुँदा देशका मन्त्रालय मन्त्री विहिन भए । आज सर्वोच्चले के गर्ला सबैको चासो र चिन्ता त्यही हो ।
२०८३ जेष्ठ ४
ताजा नेपाल
२०८३ जेष्ठ ४
ताजा नेपाल
२०८३ जेष्ठ ४
ताजा नेपाल