Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

औषधीमा ठगी गर्ने पक्राउ

मोरङ । औषधी खरीदमा ठगी गरेको अभियोगमा विराटनगर महानगरपालिका(१० स्थित साक्षी मेडिकल हलमा काम गर्ने सुनसरी भोक्राह नर्सिङ गाउँपालिका(३ बस्ने १९ वर्षीय सन्तोष मेहतालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
उदयपुर त्रियुगा नगरपालिका(७ का सवारी दुर्घटनाका घाइतेलाई न्युरो अस्पताल विराटनगरमा उपचारमा लाग्ने सम्पूर्ण औषधी उक्त मेडिकल हलबाट खरीद गर्न भनि अग्रिम २ लाख रुपैयाँ डिपोजिट राखेकोमा औषधीको पैसा तिर्न जाँदा औषधीको मुल्य बढाउन सच्याएको बिल सहित उनलाई प्रहरीले पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।


सम्बन्धित समाचार