Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

कँडेललाई सक्ने अनेक प्रपञ्च

काठमाडौं । मुलुकमा मुखले समृद्धि भन्ने व्यवहारले राजश्व ध्वस्त पार्ने राष्ट्रपतिदेखि वडा सदस्यसम्म नयाँ सामन्त छन् । प्रत्येक दलका अध्यक्ष धन कुवेर भएकै छन् । समाजप्रतिको लज्जा छैन, जिम्मेवारी पनि छैन । डोजर भएका स्थानीय तहका प्रतिनिधि ठेकेदार, सांसद, व्यापारी, सांसद जीवनभर राजनीति ग¥यो ऊ ढाक्रे । लोकतन्त्रको नमूना यही हो । रवि लामिछाने, ज्ञानेन्द्र शाहीको फट्याइँमा जनता विश्वास गर्छन् । डा. अमरेशको देशभक्ति पनि देखियो । काँग्रेसका गगन थापा, भूपेन्द्र शाहीदेखि डा. सुनिल शर्माको व्यवसाय र झापाका दुर्गा प्रसाईको व्यवसायीकरणमा राज्यले होचो अर्घेलो हेर्दैन । शर्मा काँग्रेसको पनि डा. शेखर समूहका परे, प्रसाई परे मौका परस्त । हिजो माओवादी पनि भए केपी र प्रचण्डलाई मार्सी भात खुवाए । तर विएन्ड सी कलेजको सम्बन्धन रोक्न डा. गोविन्द केसी प्रयोग भए । केसीकै कारण अब नेपालमा नर्सिङ सेवामा जनशक्ति अभाव हुँदैछ । शुरुमा काँग्रेसका बाख्रे काजीहरूको साथ पाएका डा. केसी सरकारलाई सातै प्रदेशमा मेडिकल शिक्षा सञ्चालन गर्न बाध्य पार्न आमरण अनसनको एजेन्डा ल्याउँछन्, चर्चामा जति आउँछन् ती एकन एक काण्डमा सामेल छन् । एमालेका महेश बस्नेत हुन् वा ऐन महर जुम्लाका जनप्रतिनिधि किन नहुन् । महिला काण्डमा मुछिएका बहादुरहरू धेरै छन् । तिनै धेरैमा कलाकार पल शह, क्रिकेट खेलाडी सन्दिप लामिछानेलाई युवती काण्डले बदनाम बनायो । सन्दिप योजनाबद्ध रुपमा फसाइएका पीडित हुन् । उनका लागि राजनीतिले दया गरेन । अरुण चौधरी, बालकृष्ण खाँण जस्ताका अपराध क्षम्य हुने राजनीतिमा कलाकार र क्रिकेटरले कसरी ल्याय पाउन् । अरुणलाई २ दिन भन्दा बढी प्रहरीमा नराख भन्ने श्रीमान यज्ञराज आचार्यलाई न्यायसेवामा रहँदा कमाउन नसक्ने बिटो बक्सीस भएपछि चौधरी छुटेका हुन् । भ्रष्टाचारीमाथिको कारबाहीमा विशेष अदालत नामको संस्थाका न्यायमूर्तिले समय सकियो भनेर सफाई दिएकाले पनि न्याय क्षेत्र बदनाम छ । राजनीतिक दुर्गन्ध बनाउने भ्रष्टहरू सत्तामा छन् । तीनले पल शाह, सन्दिप लामिछानेमाथिको दुश्मनी देखे । अब इन्द्रेणी फाउन्डेशनका संस्थापक कलाकार कृष्ण कँडेलमाथि लागेको दानबाट प्राप्त रकममाथिको पारदर्शीता र महिला कलाकार शर्मिला श्रेष्ठमाथिको दुव्र्यवहारले चर्चा पाएको छ । कँडेलले के गरे गरेनन् त्यो विवाद इन्द्रेणीसँग जोडिएर हटाइएका कलाकार र गाडी चालकले सत्य तथ्य ल्याउलान् तर उनको अभियानले सरकारको नजर नपुगेका नेता निकट कार्यकर्ता बन्न नसकेका अस्पतालबाट सेवा पाउन नसकेका गरिब, निमुखाको कल्याण गरेको छ । इन्द्रेणी भूकम्पमा होस् वा कोरोना पीडितको सेवा गरेकै हो । देखादेखी पैसा बाँड्ने संस्था भनेकै इन्द्रेणी हो । जहाँ गरिब र असहायको सेवा गरेकै थियो । भोकमरीलाई नियन्त्रण गर्ने दायित्व लिएको सरकारलाई जनता भूकम्पले पीडामा पर्दा दलको हो कि होइनन् भन्दैमा जाडोले वृद्धवृद्धा मरेकोमा दुःख छैन । तर इन्द्रणीले स्वदेश तथा विदेशबाट प्राप्त सहयोग लिएर जाजरकोट, रुकुम पुगेकै छ । तर त्यसकै टिममा १० वर्ष विताएका कलाकारलाई माघ २ गतेबाट कार्यान्वयन हुने गरी संस्थाबाट हटाउने निर्णयले कोलाहल मच्चाएको छ । कँडेलको छहारी पाएका र दुःखमा साथ पनि पाएकाहरूलाई चित्त केकेमा बुझेन त्यसको बेलिविस्तार समयले ल्याउने नै छ । कँडेल विदेशमा भौतारिएकाहरूको पीडा बुझेका कलाकार हुन् । गरिब र दुःखीको सहारा बन्ने सरकारी टोली जहाँ त्यहाँ असफल छ । देशको राजनीति दूषित भएको कारण समाजमा जो चर्चित छ त्यसको बदनाम गर्ने र खुट्टा तान्ने कामको सर्वत्र चर्चा पाएको छ ।

शर्मिला श्रेष्ठविरुद्ध कँडेलले दिए मुद्दा
चर्चित लोक दोहोरी कार्यक्रम ‘इन्द्रेणी’ का सञ्चालक कृष्ण कँडेलले लोक दोहोरी गायिका शर्मिला श्रेष्ठविरुद्ध अदालतमा मुद्दा दायर गरेका छन् । ‘इन्द्रेणी’ बाट निकालिएको, यौन दुव्र्यवहार गरिएको भनी आरोप लगाउने शर्मिलासहितलाई प्रतिवादी बनाएर कँडेलले काठमाडौं जिल्ला अदालतमा गाली बेइज्जतीको मुद्दा दर्ता गराएका हुन् । ‘इन्द्रेणी’ मा काम गर्ने शर्मिलासहित ६ जना कलाकारले फेसबुक लाइभ र पत्रकार सम्मेलन गरेर कँडेलले श्रम शोषण गरेको आरोप लगाएका थिए । यस क्रममा शर्मिलाले इन्द्रेणी सञ्चालक कँडेलले आपूmमाथि ‘यौन दुव्र्यवहार’ समेत गरेको गम्भीर आरोप लगाएकी थिइन् । यस विषयमा कँडेलले शुक्रबार पत्रकार सम्मेलन गरी खण्डन समेत गरेका थिए । कसैलाई श्रम शोषण र नराम्रो व्यवहार नगरेको कँडेलको भनाइ छ ।


सम्बन्धित समाचार