Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

कटुवा पेस्तोल सहित पक्राउ

मोरङ । बिराटनगर महानगरपालिका-१५ स्थितबाट कटुवा पेस्तोल १ थान सहित सोही महानगरपलिका(५ बस्ने २५ वर्षीय बिल नरसिंह भन्ने दिपक गुरुङलाई सोमबार राति प्रहरीले पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरीले पैदल हिड्दै गरेका गुरुङलाई शंका लागि जाँच गर्दा उनको साथबाट उक्त हतियार फेला पारेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।