Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

कतारले विदेशी श्रमिकको तलब तोक्ने

एजेन्सी । कतार सरकारले विदेशी श्रमिकको न्यूनतम तलब निधारण गर्ने कानुन पारित गरेको छ । सन् २०२२ को विश्वकप फुटबलको आयोजक राष्ट्र कतार खाडी क्षेत्रमा आप्रवासी श्रमिकको न्यूनतम तलबबारे कानून बनाउने पहिलो देशभित्र परेको छ ।
कतारको प्रशासनिक विकास, श्रम र सामाजिक मामिलामन्त्री युसुफ मोहम्मद अल ओथमान फक्ह्रोले बुधबारको मन्त्रिपरिषद बैठकले आप्रवासी कामदारको न्यूनतम तलब निर्धारण गर्न बनेको मस्यौदालाई पारित गरेको जानकारी सञ्चारमाध्यमार्फत गराएका थिए । बुधबार पारित भएको नयाँ कानून सन् २०२० जनवरीदेखि कार्यान्वयन गर्ने बताएको छ ।
खाडी मुलुकमा न्यूनतम तलब तोक्ने विषयमा नेपाल सरकार र सम्वन्धित मुलुकको निर्णय फरक देखिने गरेको छ । अन्तराष्ट्रिय श्रम संगठन आइएलओले कतार सरकारको पछिल्लो निर्णयलाई कामदारका हितमा महत्वपूर्ण उपलब्धि भन्दै स्वागत गरेको छ ।
कतारमा विभिन्न ३६ देशका २५ लाख बढी कामदारले रोजगारी गरिरहेका छन् । कतारले सबै मुलुकका कामदारको तलब बरावरी हुने बताएको छ । तर पश्चिमा मुलुकका सञ्चारमाध्यमहरु नेपाली कामदार सबैभन्दा बाढी मारमा परेको भन्दै पटक पटक आफ्ना समाचारका विषय बनाउने गरेका छन् । रोजगारीका लागि कतार जाने नेपाली अदक्ष कामदारको तलब न्युनतम ९ सय कतारी रियाल तोकेपनि कतारका रोजगारदाताले ७ सय ५० रियाल मात्रै दिने गरेका छन् ।
हाल कतारमा ५ लाख नेपाली कार्यरत रहेका छन् । नयाँ कानूनले उनीहरुसहित रोजगारीका लागि जाने नयाँ कामदारहरु पनि लाभान्वित हुने छन् ।


सम्बन्धित समाचार