Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

कतार जाने नेपालीलाई क्वारेन्टाइन

दोहा । कतारमा पछिल्लो समय कोरोना संक्रमण बढेसँगै यात्रा नीति परिवर्तन भएको छ । सोमबार अर्थात् २ अगष्टदेखि लागू हुने गरी कोरोनाविरुद्धको खोप लगाएका विदेशी नागरिकले कतार प्रवेश गरेपछि अनिवार्य होटल क्वारेन्टाइन बस्नुपर्ने भएको छ । कतारमा खोपको दुवै मात्रा लगाएका वा कतारमा कोभिड संक्रमण भई निको भएका यात्रुले कतार प्रवेश गरेपछि २ दिन होटल क्वारेन्टाइन बस्नुपर्नेछ । दोस्रो दिनको परीक्षणमा रिपोर्ट नेगेटिभ आएमा मात्र आफ्नो गन्तव्यमा जान पाइने जनाएको छ । कतारभन्दा बाहिर जुनसुकै खोप लगाएका वा नलगाएका आबासीय भिसा (करारी आईडी) वाहक यात्रुहरूले कतार प्रवेश गरेपछि अनिवार्य रुपमा १० दिन होटल क्वारेन्टिन बस्नुपर्नेछ । दोहास्थित नेपाली दूतावासका अनुसार खोप नलगाएका पारिवारिक, पर्यटक वा बिजनेश भिसाका यात्रुहरूलाई कतारमा प्रवेश नदिइने जनाएको छ । थप जानकारीका लागि सम्बन्धित एयरलाइन्ससँग सम्पर्क गर्न समेत दूतावासले अनुरोध गरेको छ । यसअघि कतारले जुलाई १२ तारिखबाट लागू हुने गरी मान्यता प्राप्त खोप लगाएका विदेशी नागरिक क्वारेन्टाइन बस्नु नपर्ने नियम ल्याएको थियो ।


सम्बन्धित समाचार

सन्दीपले भिसाका लागि फेरि प्रयास गर्ने

२०८१ आश्विन २५

ताजा नेपाल

गुल्मीमा जिप दुर्घटना

२०८१ आश्विन २५

ताजा नेपाल

बिपी राजमार्ग आजदेखि सञ्चालनमा

२०८१ आश्विन २५

ताजा नेपाल