Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

कतार प्रहरीमा नेपाली बन्द

काठमाडौँ । आकर्षक रोजगारीको रुपमा लिइने कतार प्रहरीमा नेपालीलाई तत्काल भर्ना नगर्ने निर्णय त्यहाँको सरकारले गरेको छ । यसबारे कतारले दोहास्थित नेपाली दूतावासलाई जानकारी दिएको छ । नेपाल सरकारले समयमै निर्णय नगरेकाले कतारले भर्ना नगरेको हो । यो निर्णयबाट भर्नाका लागि छनोट भएका दुई सय जना जान नपाउने भएका छन् । कतार प्रहरीमा अन्तर्वार्ता दिन गएका उम्मेदवारको सोमबार कागजात जाँच गर्दै अल तौकत ओभरसिज नेपालको गेटमा बाउन्सर । पहिल्यै छनोट भएकालाई मात्र कागजात हेरी उनीहरूले छिर्न दिएका थिए । कतारले गत मंसिरबाटै प्रहरी सेवामा भर्ना गर्न खोजेको थियो । म्यानपावर कम्पनी वा सरकारी संयन्त्रमार्फत भर्ना गर्ने भन्नेमा विवाद भएपछि यो प्रक्रिया अगाडि बढेको थिएन, गत मंसिरको पहिलो साता मागपत्र प्रमाणीकरण नभई म्यानपावर कम्पनीले अन्तर्वार्ता राखेपछि वैदेशिक रोजगार विभागले हस्तक्षेप गरेको थियो । त्यसबेला अन्तर्वार्ता लिनका लागि कतारका उच्च अधिकारीहरू काठमाडौं आएका थिए । कतारको आन्तरिक मन्त्रालयले अल तौकेत ओभरसिजमार्फत दुई सय नेपालीलाई भर्ना गर्ने भन्दै मंसिर अन्तिम साता नेपाली दूतावासमा प्रमाणीकरणका लागि मागपत्र पेस गरेको थियो । दूतावासले मागपत्र प्रमाणीकरण गर्ने कि नगर्ने भनेर श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयलाई पत्र पठाएको थियो । आर्थिक चलखेलमा फसेको मन्त्रालयले समयमै यसबारे निर्णय पठाएन । श्रम मन्त्रालयसमेत हेरेका प्रधानमन्त्री शेरबहादुर देउवाले मागपत्र प्रमाणीकरण गर्न भदौ ८ मा नेपाली दूतावासलाई निर्देशन दिएका थिए । दूतावासले मागपत्र प्रमाणीकरण गरेर पठाएको पत्रको जवाफ दिँदै कतारले भर्ना नगर्ने जनाएको भारद्वाजले बताए । कतार प्रहरीमा छनोट भएका युवासँग कुनै पनि शुल्क लिन नपाउने कतार सरकारको सर्तविपरीत अल तौकेत ओभरसिज नेपालले भने दुई सय जनासँग झन्डै १४ करोड रुपैयाँ उठाइसकेको छ । उसले प्रतिव्यक्ति कम्तीमा ७ लाख उठाएको हो । भर्ना नलिने भएपछि म्यानपावरले रकम फिर्ता गर्नुपर्नेछ ।अल तौकतले गत सोमबार औपचारिकता पूरा गर्नमात्रै अन्तिम अन्तर्वार्ता लिएको छ । उनीहरूले सीधै म्यानपावरको खातामा भने पैसा जम्मा गरेका छैनन् ।