Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
काठमाडौं । सत्तामा जानु भनेको लुट्न नै हो भन्ने कुरा काँग्रेसी डन मोहन बस्नेतको अहंकारले खुलस्त ग¥यो । संचारमन्त्री भएका बेला दूरसञ्चार सम्बन्धी प्राविधिक पक्ष दरिलो बनाउने कल बाइपासको ठगी नियन्त्रण गर्नका लागि खरिद गर्ने भनिएको टेराम्याक्स प्रकरणमा मोहन बस्नेत फसेका छन् । तत्कालिन सञ्चार सचिव हालका मुख्यसचिव बैकुण्ठ अर्याल सहभागी भ्रष्टाचारले सञ्चारमा खैलाबैला मच्चाएको छ । त्यो समयमा ज्ञानेन्द्र कार्की पनि सञ्चारमन्त्री थिए, उनी पनि यसमा फसेका छन् । यो प्रकरणमा रु ३ अर्ब ८ करोड भ्रष्टाचार भएको आशंका गरिएको छ । ०७४ मा बस्नेत मन्त्री हुँदा टेराम्याक्स खरिदमा बोलकबल गर्दा बढी मूल्य कबोल गरेको लेबनानी कम्पनीलाई दिइएको थियो । जहाँ सार्वजनिक खरिद ऐन विपरित काम भएको थियो । कम मूल्य तोक्ने कम्पनीलाई ठेक्का नदिई बढी मूल्य कबोल गर्ने कम्पनीलाई दिलाएर मस्ती गर्दा अर्को कम्पनी अख्तियार र अदालतमा पुगेको थियो । संसदको सार्वजनिक लेखा समितिले अख्तियारलाई पत्र लेखेका कारण छानविन हुँदा रु ३ अर्ब ८ करोड घोटाला गरिएका पुष्टि भएको हो । मन्त्री बन्दा खरिदमै लुड्याउने मोहन बस्नेतले भूकम्पले ध्वस्त भएका सिन्धुपाल्चोकका संरचना निर्माण गर्दा १९ करोड भ्रष्टाचार गरेको फाइल अख्तियारमा छ । त्यो फाइल दबाउन काँग्रेसका सभापति शेरबहादुर देउवा र पत्नी डा. आरजुको दबावले काम गरेको हो । भ्रष्टाचार गर्नु काँग्रेसी लोकतन्त्र हो । जिल्लामा समेत गुण्डागर्दीको भरमा राज चलाउँदै आएका मोहन बस्नेतले स्वास्थ्यमन्त्री भएर अस्पतालका विरामीले पाउँदै आएको सेवा खोसेर पौरख गर्दा प्रधानमन्त्री पुष्पकमल दाहालले समेत चासो लिनु परेको अवस्था छ । काँग्रेसका मन्त्री भएका मन्त्रालयमा डा. आरजु देउवाको नजर पर्छ भने माओवादीका पर्यटनमन्त्री सुदन किराँतीलाई बाइपास गर्दै नागरिक उड्डयन प्राधिकरणको अधिनमा रहेको त्रिभुवन विमानस्थलभित्र समेत प्रवेश गर्दैछन् । तस्कर दिपक मलहोत्रा र आरजुका भाइ भुषण राणा जोडिएको एयरपोर्टको सटर भाडा काण्ड र ग्राउन्ड ह्याण्डलिङको क्षेत्रमा अर्को लुट मच्चाइँदैछ । यस्ता भ्रष्टाचारको साथमा माओवादीका अध्यक्ष प्रचण्डको तेस्रो कार्यकाल लुटेराका लागि स्वर्णिम कालका रुपमा परिचित हुँदैछ । प्रधानमन्त्रीको सचिवालयका जो भ्रष्ट छन् तिनलाई च्यापेर हैसियत नभएका कर्मचारी अन्त्रय पठाउनु र राजनीतिक रुपमा भिœयाइएका कार्यकर्ता हटाउनु बहादुरी होइन । व्यापारीसँग पैसा उठाउने डा. आरजु र सुजाता शैलीमा कुदेकी प्रचण्ड पुत्री गंगाको आतंक रमेश मल्लको हुण्डरीमा रामदिप आचार्य, देवेन्द्र पराजुली, गोविन्द आचार्यहरू आलोचित बन्नु नौलो होइन ।
२०८१ मंसिर ९
ताजा नेपाल
२०८१ मंसिर ९
ताजा नेपाल
२०८१ मंसिर ९
ताजा नेपाल