Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

कता गयो समाजवादी मोर्चा ?

कला र गला मिल्दा माधव नेपालदेखि उपेन्द्र यादव र नेत्रविक्रम चन्दको चौतारी बनेको समाजवादी मोर्चा कता गयो ? यो मोर्चाका कल्पनाकार प्रधानमन्त्री प्रचण्ड हुन् । जसले दोस्रो गठबन्धन गरेर केपी ओलीले दुत्कारेका माधव नेपाललाई पनि आफूपछिको एक वर्षे प्रम हुने विश्वास दिलाउन सके । राजनीतिक परिवेशमा घाउ चोट लाग्दैनथ्यो र काँग्रेसको भ्रष्ट कुलदेवीका दुई जना भष्मासुरहरूलाई बदलौ भन्दा काँग्रेसले मान्थ्यो भने गठबन्धन पुरानै रहन्थ्यो । त्यो गठबन्धनमा काँग्रेसको डा. शेखर समूह बाधक बनेर आयो । यो समूहले राष्ट्रियसभा सांसदको निर्वाचनमा प्रचण्डलाई धोका दियो । जुन कुरा प्रधानमन्त्रीले आफ्नो तहमा विश्वास गरेका थिएनन् ।
समाजवादी मोर्चा काँग्रेस र एमालेलाई धम्क्याउने गतिलो हतियार थियो । जहाँ संसदीय व्यवस्थाको भण्डाफोर गर्ने नाममा जनजीविकाका विषयबाट सात कोश टाढा रहेको छ र टेलिकमका टावरमा बम पड्काएर बिमाको रकम झ्वाम पार्ने क्रान्तिकारी पार्टीका नेत्रविक्रम चन्द पनि अटाएका थिए । मोर्चाका एक कार्यकाल माधव नेपाल एक कार्यकाल उपेन्द्र यादव नै संयोजक भएपछि तेस्रो संयोजक बन्ने पालो प्रचण्डको हो । तर उनलाई त्यो भन्दा पावरफुल प्रधानमन्त्री नै थियो । सरकारको नजरमा आतंककारी सूचिमै रहेका मौका पर्दा माओवादी अध्यक्ष प्रचण्डकै हत्या गर्ने योजना बनाएका नेत्रविक्रम चन्दलाई उपेन्द्र यादवपछिको मोर्चा संयोजक प्रचण्डले नै बनाएका हुन् ।
यिनै चन्दले मोर्चाको शक्ति बढाउलान् भनेर विश्वास कसैको थिएन । तर संयोजकले उपेन्द्र यादव र माधव नेपालहरू काँग्रेसी उधारो प्रमको जालोमा परेका कारण एकाएक ०७९ पुस २१ कै अवस्थामा देश पुगेको छ । यस पटकको गठबन्धन सर्पको भिडमा सुतेको जस्तो भयो भन्ने राजेन्द्र पाण्डेहरूकै हात त नेकपा समाजवादीमा खस्केको छ । कुनै पनि बेला समाजवादीका ठेकेदार व्यापारी सांसद छन् धनबहादुर बुढा प्रेम आले, किसान श्रेष्ठ सहित ५ जनाले भोलिको राजनीतिक बाटो तताए भने एउटा दल गठन भएको ५ वर्ष नपुगी दल विभाजन गर्न पाइँदैन भन्दै औंला भाँच्ने कानुन पढ्नेहरू थला पर्नेछन् । किनकि स्वतन्त्र सांसदको हैसियतका समाजवादीका सांसदलाई दल विभाजन गर्ने कानुन खोज्नै पर्दैन ।
प्रचण्डको इच्छा र माधव नेपालको भरोसामा जन्मेको समाजवादी मोर्चालाई नेत्रविक्रम चन्दले ठूलै बनाउने भन्दै एमालेका अध्यक्ष केपीसम्म पुगेकै हुन् । आफैं राजा, आफैं प्रजा स्वभावका केपी ओलीले मोर्चाको विगत बुझेर अस्वीकार गरेका हुन् । जुन मोर्चा देखाएर प्रम प्रचण्ड ५४ जनाको टिमका लिडर बन्न चाहन्थे । काँग्रेसका ८८, एमालेका ७८ का लागि ५४ जना उपयोगी त्यो बेला हुन्थ्यो जुन बेला सत्तामाथि कसैले प्रहार गथ्र्यो । काँग्रेससँग मिल्दा १५२ एमालेसँग मिल्दा १३२ पुग्थ्यो । १३२ मा बहुमत पु¥याउन छ जनाको आवश्यकता पर्दछ । जनमत छ जना, लोसाप ४ जना, वा ४ जनाको नागरिक उन्मुत्ति लिएर २ जनालाई सेवा पु¥याउनै पथ्र्यो । तर अहिले उपेन्द्रका ५ जना घटेका छन् । उसको आवद्धता निश्चित छैन । माधव नेपाललाई मोर्चाको मोह छैन । काँग्रेसकै घामछायाँमा उनी रमाउन रुचाएका छन् । ओलीले माधवलाई प्रम बन्न नदिने अवस्था छँदैछ । प्रचण्ड सरकारमा पनि बस्ने, सरकारको भण्डाफोर पनि गर्ने, सहरी विकास मन्त्रालय र संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय पनि लिने काम देखाउन नसक्ने योग्यता भएको दश सिटे पार्टीको चालबाट केपी ओली आफैं दिक्क भएका छन् । कुनै पनि दिन माधवका सांसद एमालेमा भिœयाएर प्रचण्डको काँधबाट मध्यावधिको बन्दूक पड्कियो, चुनावमा एमाले माओवादी एक भए भने पनि नौलो हुने छैन ।