Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

कति दिनका मन्त्री हुन् यी ?

काठमाण्डौ । संसदमा बहुमत हुनु पर्दैनथ्यो केपि ओलीले संसद भंग गरेर दुई पटक मन्त्री परिषद विस्तार गर्दा ! ओलीको पद चिन्हमा हिडेको बागमति प्रदेश कि मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले भाद्र २ गते सपथ लिइन् । भाद्र २३ गते मन्त्री मण्डल विस्तार गरिन् जबकी भाद्र २२ गते सम्म समाजवादी पार्टीमा सहभागी हुने म्याद थियो । बाग्मति प्रदेशमा एमाले एकल बहुमत थियो । समाजवादीमा १३ जना लाग्दा ४३ सांसदको एमालेले ६ मन्त्री ३ राज्यमन्त्री थपेर संसदीय सर्वोच्चताको कस्तो अनुशरण गर्दैछ ?

हिजो यी शाक्य बहुमतमा थिइन् । पार्टी विभाजन गर्न उक्साउने यीनै पनि हुन् । बुधवार विजय सुवेदी चितवन, अजयक्रान्ती शाक्य, काठमाण्डौ रचना खडुका दोलखा, प्रदिप कट्वाल सिन्धुली शान्ती पौडेल रामेछाप, चन्द्र लामा काभ्रे, मन्त्री बनाइयो । त्यस्तै राज्यमन्त्रीमा जुनेली श्रेष्ठ मकवानपूर वद्री मैनाली नुवाकोट, जीवन खड्का ललितपुर, सरस्वतिबाटी भक्तपुर रहेका छन् । जिल्लाको सहभागीता मिलेको छ । तर सरकारकै आयु कति भन्ने छैन । बागमति प्रदेशमा माओवादी समाजवादी काँग्रेस मिल्दा एमालेका ४३ जना अल्पमतमा पर्छन् । यस्तै स्थिति प्रदेश १ मा भिम आचार्यको बन्यो । त्यो प्रदेशमा पनि एमाले एकल बहुमत थियो । दश सांसदले समाजवादी रोज्ना साथ आचार्य अल्पमतमा परेका छन् । तर पनि सरकारलाई बहुमत दिलाउने आश यी दुवै मुख्यमन्त्रीको छ ।

पार्टी फुटेपनि मन नफुटे हुँदो हो । गाली पूराणका अनुयायी खड्ग ओलीको छाडातन्त्रलाई अमृतवाणी ठान्ने मध्येको हालत अहिले फूर्तिलो छ । चुनाव आएपछि भत्काउन सहज छ बनाउन कठिन हुन्छ भन्ने सोचाई छौडा र अरिगांलहरुलाई नहुन सक्छ । पैसा र पदको संझौता गर्नेहरुलाई राजनीति आर्दश र सिद्दान्तको जरुरी हुदैन । ओलीको गाली पूराणले गण्डकी र लुम्बीनीलाई भत्कायो । बाग्मति र प्रदेश १ मा बेलेमा सोचेको भए पार्टी फुट्ने थिएन ।


सम्बन्धित समाचार

इरानलाई ट्रम्पको कडा चेतावनी

२०८३ जेष्ठ ४

ताजा नेपाल

नेताहरुलाई जिम्मेवारी दिँदै ओली

२०८३ जेष्ठ ४

ताजा नेपाल