Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

कति दिन छोपिएला दम्बको छायाँ, भित्रभित्रए एकताकाे रामछायाँ

काठमाडौं । आफू क्विन्टल र अरुलाई पाउको संज्ञा दिने नेकपा एमालेका अध्यक्ष केपी ओली भित्रभित्रै साथी खोज्न व्यस्त भएका छन् । सत्ता गठबन्धनले स्थानीय तहको चुनावमा दिएको पराजयले ओली भित्रभित्रै कम्युनिष्ट एकताका नाममा एकीकृत समाजवादी र माओवादीलाई फकाउन थालेको बताइएको छ । चुनावी सरकार कम्युनष्टिको नेतृत्वमा गर्ने भन्दै माओवादी अध्यक्ष प्रचण्डलाई प्रधानमन्त्रीको ललिपप दिएका ओलीले नाम लिएपछि मुख कुल्ला गर्ने बताएका ओलीले भावी नेतृत्वको आश्वासन दिँदै माधवकुमार नेपाल समूहलाई पनि एकताका लागि प्रयास थालेका छन् ।

गणतान्त्रिक व्यवस्थाको विरोधी भए पनि दुई पटक मुलुकको प्रधानमन्त्री बनेका नेकपा एमाले अध्यक्ष केपी ओलीको संसदमा सत्ता गठबन्धन विरुद्ध व्यक्त भनाईले सर्वत्र चर्चा पाएको छ । अध्यक्ष ओलीका स्तरहिन अभिव्यक्तिले नेपालका कम्युनिष्टहरूको चरित्र र सत्ता पाउँदाको व्यवहारलाई नै पर्दाफास भएको छ । कम्युनिष्टको नाउँमा एकल तानाशाहीकरण चलाएर पार्टीमा आफू समानका नेताको धज्जी उडाएर गुटबन्दीमै रमाएको फल पार्टीको विभाजनले दिएको छ । ओली गणतन्त्र आउँछ भन्नु र बयलगाढामा चढेर अमेरिका जानु एउटै हो भन्ने जोदाहा नेता हुन् ।
नेपाली राजनीति बुझेको जो सुकै बुज्रुकलाई थाहा छ, एमालेका अध्यक्ष ओलीलाई पहिलो र दोस्रो प्रम बनाउन सघाउने नेकपा माओवादी केन्द्र हो । ओली मात्र होइन काँग्रेसको वैशाखीमा माधव नेपाल, माओवादीको साथमा झलनाथ खनाल प्रधानमन्त्री भएकै थिए । तर खनाल र नेपालले ओलीले जस्तो छुद्रता प्रदर्शन गरेनन् । यस पटक काँग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउने पनि माओवादी केन्द्रनै हो । सत्ताबाट सडकमा आउन परेको कारण नै ओलीको छुद्रता हो । ओली नमातेको भए एमालेका प्रदेश सरकार ढल्ने थिएनन् । शेरधन राई, डोरमणि पौडेल, पृथ्वी सुब्बा, शकर पोखरेलहरू ओलीका अपराधका सारथी हुन् । त्यही कारण संसदमा विषयसँग ओलीका भनाई आएनन् ।
संसदमा केपी ओली सरकारको नीति तथा कार्यक्रममा बोल्न रोष्टममा जाँदा धेरैलाई प्रतिपक्षले जनता र राष्ट्रको पक्षमा बोल्छन् भन्ने थियो । हिजो इन्धनको मूल्य बढाउँदा रित्तो थाल र सिलिण्डर लिएर एमाले सडकमा आउँदा पार्टी नेतृत्वमा माधव नेपाल नै थिए । त्यो बेला पनि ओली आफ्नो जिम्मेवारी पूरा गर्दैनथे । गुटबन्दीको प्रमुख एजेन्डा उनको हुन्थ्यो । एमालेको नेतृत्व लिएरपछि तिनै ओली बादशाह बने । उनलाई एमाले भनेको कुनै सिद्धान्त र विचारमा भन्दा तस्कर, माफिया, भ्रष्ट, कमिशन एजेन्ट र दलालहरूको पार्टी भनेर चिनाउन पाए पुगेको छ । मेडिकल माफिया दुर्गा प्रसाईको हुँकार होस् वा जागिरे जीवनभरकी मण्डले राप्रपाबाट एमाले प्रवेश गरेपछि आफ्नो योगदान एमालेमा छ भन्ने कोमल ओली किन नहुन् ।
जनताले स्थानीय तहको चुनावमा मेयरमा नपत्याए पनि उपमेयर पदमा विजय गराएका उपमेयरहरूले महानगरमा भाँडतन्त्र मच्चाउँदै छैनन् भनेर नै मतदिएका हुन् । विपक्षी दल भनेको सरकारको तयारीमा रहेको शक्ति हो । त्यो शक्ति जोगाउन सरकाकार गलत कामको रेकी गर्ने हो । तर पशुपति धर्मशाला र दरबारमा भट्टी पसल चलाउन दिने कानुनी सिद्धान्त र प्रक्रिया लत्याउने देशको राजश्व ध्वस्त बनाउन अपाmू राजा बन्ने ओलीको प्रवृत्तिभित्र प्रतिपक्षको इज्जत जोगिएन । ओलीका गलत चरित्रको प्रतिवाद गर्ने डा. भीम रावल एमालेको कुनै विभागमा अटेनन् । १० भाइको लम्पटदास चरित्रसँग पाँच भाईको रोदन ओलीका निम्ति सुन्न लायक भएन । ओलीकै कारण काठमाडौं, पोखरा, हेटौंडा, धरान जस्ता वापमन्थी किल्ला स्थानीय चुनावमा ढलेका छन् । अपराधमै ओलीको तीन घण्टा बितेको धेरैले कस्ता दुष्ट र गैर राजनीतिक नेता रहेछन् भन्न भ्याए ।
स्थानीय तहको चुनावमा चित्त बुझाउने बाटो जनमत हाम्रै छ भन्ने हो । हिजो पहिलो थियो आज दोस्रो किन भयो ? चिन्ता भएन । तर यो जनमत चुनावपछि कहाँ कसरी खस्कन्छ भन्ने कुरा ओली मण्डलीले बुझेको छैन । गठबन्धन भयो भन्ने स्थानीय चुनावमा ओलीले समेटेका कुडा कर्कटमध्येका राप्रपा नेपाल, राप्रपा (विक्रम पाण्डे समूह, चितवन) परिवारदल, चुरेभावर, जनप्रगतिशिल पार्टी (हृदयेश त्रिपाठी), जनमत पार्टी (सिके राउत) नेकपा चन्द, लोसपासँगको सम्बन्धले कुन रुप लिन्छ ? यसै पटक उनीहरूलाई एमालेले प्रयोग गरेको तर स्थानीय तहमा कतै नसघाएको आरोप लागेको छ ।
सरकारलाई ठाउँको ठाउँ जवाफदेही बनाउन संसदमा प्रमुख प्रतिपक्ष सक्षम हुनुपर्छ । तर, पाडे गाली र झुठो प्रचारमा ओली लागे । उनको सपनाको पानी जहाजको एजेन्डा सरकारको नीति तथा कार्यक्रममा छैन । चीन र भारतको रेलमार्गले काठमाडौंलाई छुने योजना त कार्यक्रममा छ । गठबन्धन सरकारको आशा र भरोसा छैन नीति र कार्यक्रम पनि । अन्य कार्यक्रम कम्युनिष्टको नाउमा ओली शासनका बेला जसरी ल्याइयो त्यस्तै छन् । सरकारका लागि प्रतिपक्षले रखवार गर्ने भनेको जनहितका योजना र कार्यक्रमहरूनै हुन् । तर एमालेको भाउ छुट्टाएका बेला उनका पछुवाहरूले कसरी जनसरोकारका विषयमा प्रस्तुत होउन् ।
स्थानीय तह संघीय संसद, प्रदेश सांसद र राष्ट्रिय सभाको संसदको गणक हो । जनप्रतिनिधिले दिने मतले राष्ट्रियसभामा १९ जना सांसद धान्दा एमालेले एउटा सीप पाएको थियो । अबको चुनावमा पनि हुने त्यही हो । ओली वाम गठबन्धनको चर्को विरोधी भएका छन् । उनले आशा लाग्दा कुनै तर्क गरेनन् ।