Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

कतै अस्पताल बन्दै कतै अक्सिजनको हाहाकार

काठमाण्डौ । कोभिडबाट अक्रान्त भएको देशमा राजनीतिक दलहरु बेपत्ता छन् । दुई चार नेताले चासो दिए पनि पार्टी नेतृत्व भने कोरोनाग्रष्त जनजिवनप्रति चिन्तित देखिदैनन् । यहि बेला पोखरा महानगरपालिकाले कोरोना प्रभावित बिरामीहरुको निम्ति आइसोलेसन अस्पताल निर्माण गर्दै छ भने काठमाण्डौ महानगरपालिकाले ठूला अस्पतालका प्रमुखहरुसँग छलफल गरि आवश्यक तयारी गर्न बजेटको प्रबन्ध मिलाउने बताइरहेको छ । यहि बेला बिरामीलाई आवश्यक पर्ने अीक्सजनको अभाव देखिएको छ ।

माओवादी केन्द्रका नेता तथा पूर्वमन्त्री जनार्दन शर्मा ‘प्रभाकर’ ले राज्यका सवै स्रोत साधन प्रयोग गरी अक्सिजन आपूर्ति सहज गर्न र जनताको जीवन रक्षा गर्न सरकारलाई सुझाव दिएका छन् । प्रभाकरले काठमाडौंमा मात्र दैनिक ८–१० हजार सिलिन्डर उत्पादन हुने भनिएपनि उक्त अक्सिजन कसले वितरण गर्छ र कहाँ खपत भइरहेको छ भन्दै प्रश्न समेत गरेका छन् । काठमाडौंमा समेत अक्सिजन अभावमा अस्पतालले बिरामी उपचार गर्न नसक्ने घोषणा गरेका छन् । काठमाडौंमा मात्र दैनिक ८–१० हजार सिलिन्डर उत्पादन हुने भनिएको छ । उक्त अक्सिजन कसले वितरण गर्छ र कहाँ खपत भइरहेको छ क्षमता वृद्धि गर्न नसकेपनि उक्त अक्सिजनको खपत बारे जनतालाई जानकारी गराइयोस् शर्माले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन् । राज्यसँग भएको सम्पूर्ण स्रोतसाधन ४ वटा जहाजहरू समेत प्रयोग गरि सम्भव भएका विदेशी नियोग समेतको सहायता लिइ अक्सिजन आपूर्ति सहज गरि जनताको जीवन रक्षा गरियोस् । उनले आफू पनि जनताको जीवन रक्षा गर्न आफ्नो ठाउँबाट सम्पूर्ण सहयोग गर्न प्रतिबद्ध रहेको पनि जनाएका छन् ।

पोखरामा बन्दै आइसोलेसन अस्पताल

उता पोखरामा पोखरा महानगरपालिकाले साविकको लेखनाथ नगरपालिकाको भवनमा सय बेडको कोरोना आइसोलेसन अस्पताल निर्माण थालेको छ । महानगरले पोखरा क्षेत्रमा पछिल्लो समयमा कोरोना संक्रमण तीव्ररुपमा वृद्धि भएपछि शिशुवा अस्पतालको मातहत रहने गरी उक्त भवनमा १ सय बेडको कोरोना आइसोलेसन वार्ड निर्माण गर्न लागेको हो । आइसोलेसन वार्ड बनाउन महानगरले अक्सिजनको व्यवस्थापन र पाइपलाइनका लागि २५ लाख रुपैंयामा बोलपत्र आव्हान गरेको छ । भवन बाहिरका केही संरचना परिवर्तन गर्न ८ लाख ५० हजार रुपैयाँको अर्को बोलपत्र प्रकाशित गरेको छ । साविक लेखनाथ नगरपालिकाको भवनमा महानगरकै २७ नम्बर वडा कार्यालय बस्दै आएको छ ।

वडा कार्यालयलाई अन्यत्र सारेर महानगरले जेठको दोश्रो हप्ताभित्र संचालन गर्ने गरी निर्माण कार्यलाई अघि बढाएको हो । सय बेड राख्न मिल्ने खालको भवन भएकाले महानगरले तत्काल काम शुरु गरेको स्वास्थ्य महाशाखा प्रमुख हेमन्त शर्माले जानकारी दिए । उनले अहिले शिशुवा अस्पताल मातहत रहने गरी कोभिड युनिट संचालन गर्ने र महामारी सकिएपछि अस्पतालकै रुपमा विकास गर्ने गरी कार्य अघि वढाइएको पनि बताएका छन् । कोभिड युनिटमा चिकित्सकको नेतृत्वमा स्वास्थ्यको टिम खडा गरी संक्रमितको उपचारलाई सहज बनाईने शर्माले बताए । नयाँ संरचना खडा गरेर अघि बढ्न छोटो समय भएकाले उक्त भवनलाई प्रयोगमा ल्याईएको उनले बताएका छन् । साविक लेखनाथ नगरपालिकाको ३६ रोपनी क्षेत्रफलको उक्त जग्गामा महानगरले यसअघि अस्पताल र विशिष्टीकृत बाल अस्पताल बनाउने निर्णय गरेको थियो । कोरोना आइसोलेसन युनिट बन्ने भएपछि वडा कार्यालयले पायक पर्ने ठाँउमा भाडामा घर खोजेको छ । महामारीका बेला आइसोलेसन वार्ड बनाउन आवस्यक भएपछि वडाले प्रयोग गर्दै आएको भवन छाडेर कार्यलय संचालनका लागि भाडाको भवन खोज्दै छौ’वडाध्यक्ष पूर्णकुमार गुरुङ्गले भनेका छन् ।

गुरुङले महामारीमा जनता बचाउनु ठुलो कुरा भएको बताउँदै उक्त भवनलाई महामारी पछि महानगरले अस्पतालकै रुपमा विकास गर्नु पर्नेमा जोड दिएका छन् । यता कोभिड युनिटलाई स्वास्थ्य सामाग्री सहयोग गर्ने गरी लायन्स क्लब अफ इन्टरनेशनल, डिष्ट्रिक ३२५ वि १ ले आर्थिक संकलन अभियान अघि बढाएको छ । लायन्स डिष्ट्रिकले गण्डकी क्षेत्रका क्लवहरुलाई अभियानमा सहयोग गर्न आव्हान समेत गरेको छ । डिष्ट्रिकले कोभिड कियर बेडसहित अक्सिजन हाइ फ्लो मेशिनसंगै ५० बेड निर्माणका लागि अभियान चलाएको हो ।


सम्बन्धित समाचार