Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

कपिलवस्तुका ९ संक्रमितमध्ये दुई जना पत्रकार

कपिलवस्तु । शुक्रबार विहान कपिलवस्तुमा कोरोना संक्रमण पुष्टि भएको ९ जना मध्ये २ जना पत्रकार रहेको खुलेको छ । कपिलवस्तुका कोरोना फोकल पर्सन कुमार थापाले दिएको जानकारी अनुसार दुई पत्रकार बाणगंगा र कपिलवस्तु नगरपालिकाका २४ र २९ वर्षीय पुरुषहरु छन् । योसँगै कोरोना संक्रमित पत्रकारको संख्या ७ पुगेको छ। यसअघि पर्सामा दुई, जनकपुरमा एक,उदयपुरमा एक र बारामा एक पत्रकारमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको थियो। स्वास्थ्य मन्त्रालयका अनुसार एक ८ वर्षीय बालकसहित कपिलवस्तुका ९ जनामा आज कोरोना पुष्टि भएको हो । शुक्रबार कोरना पुष्टि भएकामध्ये सबैभन्दा बढी सर्लाहीमा १५ जना छन् । यसैगरी आज संक्रमण पुष्टि भएका मध्ये २ जना चितवनका र नवलपरासीको सुस्ता पूर्व र सुस्ताका गरी ४ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संंख्या ४८७ पुगेको छ । जसमध्ये ३ जनाको मृत्यु भएको छ । आज संक्रमण पुष्टि भएको सबैको स्वास्थ्य अवस्था सामान्य रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।


सम्बन्धित समाचार