Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

कपिलवस्तुमा अन्य पाटीलाइ रित्तो बनाउदै एमाले

संघीय सांसददेखि प्रदेशका पूर्वमन्त्रीहरुलाई समेत पार्टीमा प्रवेश गराउँदै एमाले अध्यक्ष केपी शर्माले केही दिनअघि कपिलवस्तु जिल्ला एमालेको किल्ला भएको घोषणा गरे । त्यो घोषणाले एमालेका कार्यकर्ताहरु हौसिएका छन् भने अन्य दललाई सतर्क बनाएको छ ।

नेपाली काँग्रेस, मधेसवादी र एमालेको समान खालको जनाधार रहेको कपिलवस्तुमा माओवादी केन्द्रको पनि पकड देखिन्छ । तर पछिल्लो समय एकपछि अर्को ठुला नेता सयौंको संख्यामा समर्थकसहित एमालेमा प्रवेश गरेपछि अन्य दलको शक्ति कमजोर बन्दै गएको अनुमान गर्नेहरु धेरै छन् ।

दुई महिना अगाडि समाजसेवी मंगलप्रसाद थारुलाई एमालेमा प्रवेश गराएका ओलीले पछिल्लो समय संघीय सांसद वृजेशकुमार गुप्ता, अन्य दलका नेता तथा जनप्रतिनिधिलाई पार्टी प्रवेश गराएका हुन् । त्यसैले एमालेले वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा कस्तो नतिजा ल्याउला र अन्य पार्टीको कस्तो अवस्था रहला भन्नेमा धेरैले चासो राखेका छन् ।

विगतमा यो जिल्लाबाट २ प्रदेशसभा सदस्य र २ स्थानीय तहमा जितेको एमाले पछिल्लो समय विभाजित भइसकेको छ । माधवकुमार नेपालको नेतृत्वमा एमालेबाट बाहिरिएको समूहले नयाँ दलका रुपमा नेकपा एकीकृत समाजवादी गठन गरेको छ । त्यसैले अघिल्लो निर्वाचनको तुलनामा पार्टी विभाजनका कारण पनि एमालेको शक्तिमा केही ह्रास आएको जानकारहरु बताउँछन् ।

एमालेको शक्तिमा आएको सोही ह्रास मेट्नका लागि चुनावको मुखमा एमालेले पार्टी प्रवेशको लहर देखाउन विभिन्न जिल्लामा गतिविधि बढाएको उनीहरुको भनाइ छ ।

प्रतिनिधिसभा सदस्य वृजेशकुमार गुप्ता तथा काँग्रेसका प्रभावशाली स्थानीय नेता कुनाल प्रताप शाह, प्रदेशसभा सदस्य धर्म बहादुरलाल श्रीवास्तव सहित क्षेत्र नम्बर १ र २ बाट विभिन्न दलका धेरै अगुवा कार्यकर्ता एमालेमा प्रवेश गरेका छन् । समाजसेवी मंगलप्रसाद गुप्तासहित चार हजारभन्दा बढीलाई पार्टीमा प्रवेश गराउन तीन महिना अघि ओली कपिलवस्तु आएका थिए ।


सम्बन्धित समाचार