Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
हाल प्रदर्शन भइरहेको फिल्म ‘कबड्डी ४’की एक नायिकाले आफूमाथि दुर्व्यवहार भएको बताएकी छन् ।
काठमाडौंको सिभिल मलमा आइतबार साँझ एक युवकले पछाडिबाट अस्वाभाविक रुपमा छोएको भन्दै उनले प्रहरी वृत्त, जनसेवामा अभद्र व्यवहारको कसूरमा जाहेरी दिएकी छन् ।
उनको जाहेरीको आधारमा प्रहरीले मुगु घर भएका फुर्वा लामालाई पक्राउ गरेर हिरासतमा राखेको छ । एक प्रहरी अधिकृतले भने, ‘सोमबार उनीमाथि अनुसन्धानका लागि जिल्ला प्रशासन कार्यालय, काठमाडौंबाट म्याद लिने तयारी छ ।’
प्रत्यक्षदर्शीहरुले नायिकाले ती युवकलाई झापड हानेको पनि बताएका छन् । ‘पछाडिबाट अस्वाभाविक रुपमा उनले पटकपटक छोएको उहाँको भनाइ छ,’ प्रहरी स्रोत भन्छ, ‘के भएको हो भन्ने थप अनुसन्धान गरिरहेका छौं ।’
२०८३ जेष्ठ ७
ताजा नेपाल
२०८३ जेष्ठ ७
ताजा नेपाल
२०८३ जेष्ठ ७
ताजा नेपाल