Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
काठमाडौं । हिजो प्रचण्ड र बाबुरामको टाउकाको मूल्य काँग्रेसको देउवा मण्डलीले तोक्दा थपडी बजाउने खड्ग अोलीहरूलाई अहिले मानव अधिकारको ठेकेदारी गर्दै आएका सुशील प्याकुरेल, डा. सुबोध प्याकुरेल, अग्नि खरेल, सपना मल्ल प्रधानहरूको कस्तो प्रशिक्षण दिए होलान् ? जो समान विचार र समान अवधारणा दर्शाउने तत्कालिन एमालेभित्रै दमन गर्न सक्रिय थियो । त्यही शक्तिले सरकारको नेतृत्व गर्दा देशभर आतंक सिर्जना गरेर संघीयता, गणतन्त्र, लोकतन्त्रमाथि नै संकट ल्याउन खोज्ने नेकपामाथि प्रतिबन्ध लगाउँदा आक्रमणको शिकार भयो । लोकतन्त्रमा विचार राख्न पाइन्छ, मतभेद दर्शाउन पाइन्छ । तर जबर्जस्ती र चन्दा आतंक लोकतन्त्रको उदार पक्ष होइन ।
दलगत रुपमा जनमुखी, सेवामुखी काम गर्नु नपर्ने सरकारले ल्याएका समृद्धि र विकासका एजेण्डामा विमति राख्न पाइन्छ । तर नेकपा चन्दले आफू लोकप्रिय बन्न बम आतंक सिर्जना ग¥यो । त्यसले आफ्नै कार्यकर्ताको क्षति भयो । त्यो समूहका कार्यकर्ता हतियार चलाउने विष्फोटक पदार्थ बनाउने क्षमताका रहेनछन् भन्ने पुष्टि उपत्यका भित्रकै घटनाले देखाए । सरकारले राहतको नाममा मनपरी मन्त्रीका आफन्त नेताका गुटका सहयात्रीलाई पैसा बाँडेको छ । तर मानवको मूल्य तोकेर मान्छे मा¥यो रु १० लाख राहत राज्यकोषबाट परिवारलाई दिलाएर कति समृद्धि आउछ ?
उनको उपमा दिँदै दिनेश अधिकारी, कुमार घैंटे, मनोज पुनको कत्लेआम हत्या गरेर प्रहरीले दिएको शान्ति सुरक्षालाई जनताले पत्याएनन् । अहिले नेकपा चन्दसँग वार्ता गर्न सरकार बाध्य हुनुको कारण सर्लाहीमा कुमार पौडेल, भोजपुरमा नीरकुमार राई र धु्रव घिमिरेको प्रहरीद्वारा भएको हत्यादेखि नै कम्युनिष्टको बदनाम गरायो । कम्युनष्टि पार्टीको सरकार बनेको छ । कम्युनिष्ट कै कार्यकर्ता धमाधम मारिएका छन् । मार्न खटिने प्रहरीले आत्मसुरक्षा भनेको छ । प्रहरीमा पनि सोर्स फोर्स र पहुँचवालाले दुःख कष्ट गर्नु पर्दैन । प्रहरीमा पनि पूर्वाग्रही छन् । गृहमन्त्री रामबहादुर थापा, नेत्रविक्रम चन्दप्रति पूर्वाग्रही नै देखिए ।
हिजो पार्टी फुटाएर दोस्रो संविधान सभामा आफ्नो बर्चश्व दर्शाउ नसकेका रामबहादुर थापाहरूले नेत्रविक्रमलाई प्रचण्ड र डा. बाबुरामविरुद्ध प्रयोग गरेकै छन् । अहिले आतंकको झिल्को त ठूलो चाहिँदैन । सरकार र पार्टीकै बदनाम गरेर वर्तमान स्थिति नै असफल हुने हो कि भन्ने शंका बढ्दै गयो । सरकार वार्ताका लागि लचिलो भयो । तर नेकपाको शर्त फागुन २७ बाट लागेको प्रतिबन्ध फुकुवा, पक्राउ कार्यकर्ताको रिहाईलाई एजेण्डा बनाएको छ । लोकतन्त्रमा शान्तिपूर्ण र स्वतन्त्र पार्टी गतिविधि गर्न पाउने अधिकार र सबै राख्छन् । वर्तमान सरकारले देशलाई समाजवादी धारमा लैजाने त भनेको छ । तर भ्रष्टाचार गर्न सबै नेता मन्त्री, प्रतिस्पर्धामा गएकाले विद्रोह र आक्रोश सरकार पक्षकै पार्टीमा बढिरहेकोले बाध्यतबस वार्ताको कुरा आएको हो । आफ्नै बदनाम भएको सरकारले यतिखेर सोमप्रसाद पाण्डेको टोलीलाई सक्रिय पारेको त होइन राजनीतिक जिज्ञासा भने उठेको छ ।
विप्लव करमेडले नेदेखेको पाटो
चन्द पक्षले पनि यो बेला सोच्नु पर्दथ्यो । हिजो १९ हजारको बलिदानले लोकतन्त्र आयो । जनयुद्धको मुल एजेण्डा निरंकुश राजतन्त्रको अन्त्य थियो । दरबार काण्डपछि नयाँ राजा खडा गर्न दाम चढाउनु पनि संसदीय व्यवस्थानै ध्वस्त बनाएपछिको राजनीतिक फाइदा लिने हैसियत माओवादीमै थियो । विदेशी डलर भिœयाएर जातीयतालाई मलजल गर्ने माओवादी थियो । त्यहाँ खड्ग विक र नेत्रविक्रम थिए । पशुपतिका भट्टको टुपी काट्ने, जनै चुडाल्ने उग्रता मच्चाउँदा ब्राम्हण समुदायले नेकपा माओवादीप्रति विरोध जनायो । अहिले पनि माओवादीप्रति आक्रोश छ । त्यो व्यवहारले अहिले देश क्रिश्चियन धर्मको भूमि बनाउने काम भएकोछ । जनताले रुचाएनन् भने जबर्जस्ती विरुद्ध जनविद्रोह चम्कन्छ ।
त्यो बेला सरकारको निगरानी रहेको शक्तिले कसरी कार्यकर्ता बचाउँछ । लुटपाट र धम्कीले राजनीति टिकाउ हुँदैन । राज्यलाई जनपक्षीय काम गर्न बाध्य पार्ने शक्तिका रुपमा स्थापित गराएको भए नेकपाप्रति जनताको साथ हुने थियो । सिंहरदबारको अधिकार गाउँगएको छ । अहिले जनताका प्रतिनिधिको काम स्थानीय तहमा विकासको नाममा ब्रम्हलुट मच्चिँदा खबरदारी गर्ने शक्ति नै भएन । सरकारलाई खबरदारी नगर्ने नेकपा चन्दको ध्वसात्मक गतिविधि अहिलेको रुचिको एजेण्डा थिएन । जनपक्षीय पार्टीले जनमुखी काम गर्नुप¥यो नि ?
स्थानीय तहमा गएको बजेटमा कमिशन खोज्ने गाउँ पालिकाको कार्यालयमा आगो लगाउने पौरखी कामले भ्र्रष्टाचार चम्काउँछ कि घटाउँछ ? यस्ता विषयमा खोई नेकपा चन्दको ध्यान ? धम्की र लुट्ने जनवाद कसैले रुचाउँदैन । जनताको मायाँ पाउन जनपक्षीय नै हुनुपर्छ । जनतामाथि सरकारको दमन छँदैछ । होली वाइनका प्यादाहरू गाई काट्ने, मठमन्दिर भत्काउने क्रान्तिकारी बन्छन्् । भोट लिन हिन्दूको खोज्ने सत्तामा ब्रम्हलुट मच्चाउन धर्म, संस्कृति, रितिरिवाज झल्काउने गरी गुठी विधेयक ल्याएरजनताका अगाडि घुँडा टेक्ने दुई तिहाईको सरकार नांगै छ । नेतविक्रम चन्दको पार्टीमा पनि खड्ग विकहरू जस्ता भ्रष्ट र भष्मासुरहरू छन् भन्ने बुझ्नु पर्दैन । विकले समाज कल्याणमन्त्री हुँदा पर्यटनमन्त्री हुँदा यो मुलुकको सुधारमा कति सिन्को भाँचे ?
वायुसेवा निगमलाई कति सुधार गराए लुट्न त खड्ग पनि कम थिएनन् । अहिले प्रचण्डलाई धम्क्याए जस्तो रामबहादुर थापालाई पख्लास् भने जस्तो सजिलो छैन । राम्रा काम गर्न गाउँ गाउँमा बजेट जाँदा भँैतिक पूर्वाधारको काम हुनै नदिने हो भने कसरी आउँछ समाजवाद ? अहिले अोली नेतृत्वको सरकारले सर्वसत्तावादी चरित्र देखाएको छ । सरकारको यस्तो धुन्धुकारी चरित्रको विरुद्ध आक्रामक हुने हो कि स्थानीय तहमा आतंक खडागर्ने रोहन गुरुङले करोड नदिएपछि बम पड्काउनेलाई प्रतिबन्ध नलगाए कसलाई प्रतिबन्ध लाग्छ कस्का कार्यकर्ता ढुकेर मरेसरह हुन्छन् ? मर्नका लागि कसैले राजनीति गर्दैन । कुरामा क्रान्तिकारी नेपाली काँग्रेसले देउवा गुट राप्रपाका कमल थापाहरूपनि छन् भन्ने बुझ्न जरुरी छ ।
२०८२ बैशाख ५
ताजा नेपाल
२०८२ बैशाख ५
ताजा नेपाल
२०८२ बैशाख ५
ताजा नेपाल