Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपा को महाधिवेशन प्रतिनिधि विवाद सतहमा आएको छ । संस्थापनले जिल्लाबाट आएका महाधिवेशन प्रतिनिधिको सूचीमा व्यापक फेरबदल गरेको लिङ्देन समूहको आरोप छ । यही विवादका बीच राजेन्द्र लिङ्देन समूहले गएराति पार्टी कार्यालय घेराउ गरेको छ ।
लिङ्देन समूहका नेता कार्यकर्ताले मध्यरातमा पार्टी कार्यालय पुगेर कार्यालय घेराउ गर्नुका साथै अध्यक्ष कमल थापाविरुद्ध नाराबाजी गरेका हुन् । राप्रपा नेता राजाराम बर्तौलाले जिल्लाबाट सिफारिस भएका प्रतिनिधिको टुंगो लगाउने क्रममा सामान्य वादविवाद मात्रै भएको दावी गरे । महाधिवेशनमा सहभागी हुन नसक्नेको ठाउँमा अर्को प्रतिनिधि राख्न खोज्दा विरोध भएको उनको भनाइ छ ।
लिङ्देन निकटले भने कमल थापाकै योजनाअनुरुप चलखेल गरेर महाधिवेशन प्रतिनिधि आफू निकटको राख्न खोजिएको आरोप लगाएको छ । राप्रपा नेता दमन बस्नेतले केन्द्रीय कार्यालय धुमबाराहीमा संस्थापन पक्षद्वारा राजेन्द्र लिङ्देन पक्षधर मतदाताहरूको नाम नामावलीबाट हटाउन लागेको खबर बाहिरिएपछि आफूहरु मध्यरातमा पार्टी कार्यालय घेराउ गर्न पुगेको बताए । सो क्रममा नेता कार्यकर्ताले कमल थापाविरुद्ध चर्को नाराबाजी गर्दै थापा पक्षलाई कार्यालयबाट निस्कन दवाव दिएका थिए । थापा निकटका भास्कर भद्रालगायतसँग लिङ्देन समर्थकको भनाभन समेत भएको बताइएको छ ।
पार्टी कार्यालय घेराउमा बस्नेतसँगै नेताहरु श्याम तिमल्सिना, बिन्दा पहाडी, दिनेश श्रेष्ठ, श्याम तामाङ पनि कार्यालय घेराउमा पुगेका थिए । आजदेखि सुरु भएको राप्रपा महाधिवेशनमा नेतृत्वका लागि थापा र लिङ्देनले उम्मेदवारी घोषणा गरेका छन् भने शीर्ष नेताहरु थापा र लिङ्देन पक्षमा विभाजित भएका छन् ।
अहिलेसम्म थापाको पक्षमा नेताहरु बुद्धिमान तामाङ, दीपक बोहरा, भुवन पाठक, जयन्त चन्द, भास्कर भद्रालगायत खुलेका छन् भने लिङ्देनको पक्षमा अध्यक्ष डा प्रकाशचन्द्र लोहनीसहित, डा धवलशमशेर राणा, दिलनाथ गिरी, दुर्गा श्रेष्ठ, सगुन लावती, रवीन्द्रप्रताप शाह, रामकुमार सुब्बा, मोहन श्रेष्ठ, राजाराम श्रेष्ठ, आङछिरिङ शेर्पालगायत देखिएका छन् । अर्का अध्यक्ष पशुपति शमशेर राणा भने व्यक्तिगतरुपमा तटस्थ देखिएका छन् । उनी निकटका अधिकांश नेताहरु भने लिङ्देनतिरै देखिएका छन् ।
राप्रपामा युवापुस्ता नेतृत्वमा आउनुपर्ने भन्दै चर्को आवाज सुनिएको छ । यस्तो पृष्ठभूमिमा अनुभवी राजनीतिक खेलाडी थापा र युवापुस्ताको नेतृत्व गर्ने लिङ्देन बीचको चुनावी प्रतिस्पर्धा रोचक बन्ने निश्चित छ
२०८३ असार २
ताजा नेपाल
२०८३ असार २
ताजा नेपाल
२०८३ असार २
ताजा नेपाल