Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

कमाण्डर निलम्बन परेपछि यस्तो निर्णय

काठमाडौं । पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले एकपछि अर्को गर्दै पेल्दै अघि बढेपछि नेकपा एमालेका वरिष्ठ नेता माधव कुमार नेपाल र झलनाथ खनाल पक्षधर ११ जना स्थायी कमिटी सदस्यहरुले संयुक्त विज्ञप्ती जारी गर्दै देशभर समानान्तर कमिटी ब्युँताउने घोषणा गरेका छन् । मंगलबार बसेको नेपाल पक्षको स्थायी कमिटी सदस्यहरुको बैठकले यस्तो निर्णय गरेको हो । हिजोमात्रै अध्यक्ष केपी शर्मा ओलीले माधव नेपाल र भीम रावललाई ६ महिनाको लागि साधारण सदस्यसमेत नरहनेगरि निलम्बन गरेका थिए । त्यसको भोलिपल्ट नेपाल पक्षधरको बैठक बसेको हो । र, यस्तो निर्णय गरेको हो । मंगलबारको बैठकले प्रधानमन्त्री ओलीले पार्टी विभाजन गरेको निष्कर्ष निकालेको नेता रावलले जानकारी दिए । र, आफूहरुले पार्टीलाई पूर्ववत अवस्थामा तुल्याएर अगाडि बढ्ने पनि निश्कर्ष निकालेको रावलले सुनाए ।