Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
काठमाडौं । नेकपा एमालेको संस्थापनकै वरपर रहेर मौकामा पदको स्वाद लिएका डा. भीम रावल पछिल्लो पटक नेपाली कम्युनिष्ट आन्दोलनबाट बाहिरएस्का छन् । यसअघिद्ध अवसर पाएरु पनि संविधानसभाबाट संविधान जारी भएपछि भारतीय स्वार्थमा मधेशमा सल्केको आगोमा घिउ थप्न अर्का डा. बाबुराम भट्टराईले माओवादी पार्टी छाडेका थिए । डा. बाबुरामलाई जति विद्वान मानिन्छ, त्यो रुपमा डा. रावल कुन कि होइनन् समयले बताउला । तर यी दुवैले कम्युनष्टि पार्टी त्याग्दा कम्युनिष्ट विरोधी कित्ता पक्रेका छन् । कम्युनिष्ट पार्टीकै छत्रछायाँमा अगाडि बढेर कम्युनिष्टकै नेताका रुपमा स्थापित भएका यी दुई अनुहारले चलाउने पार्टी खडा गर्ने समूह कस्तो होला ? रावलका पछाडि काँग्रेसबाट कारबाहीमा गरिएका जनता झुक्याउन बीपी कोइरालाको नाम लिने मौका पाउँदा पार्ट सभापति शेरबहादुर देउवार्ला प्रयोग गरेर देउवाकै नाममा हजम गर्न सफल कर्ण मल्ल डा. रावलसँग जोडिने भएका छन् । डा. भीम रावल ०४६ पछिको राजनीतिमा एमालेका नेता भए । सुदूरपश्चिम उनको थलो एमालेको बलियो क्षेत्र त्यो पनि बेला थियो जुन बेला नेकपा माओवादी कमजोर रह्यो । अहिले एमाले त्यो प्रदेशमा कमजोर छ । नेकपा एकीकृत समाजवादी त्यहाँ बलियो भयो । एमाले विभाजन हुन नदिन १० बुँदे लिखित तयार पार्ने डा. रावलले माधव नेपाललाई धोका दिएका हुन् । केपी ओली कस्तो छ ओलीको चरित्र नबुझेका यी होइनन् । तर रावलले ओलीद्वारा दिलाइएका पद अस्वीकार गरेको तीन वर्ष नबित्दै ओली पछिको वरिष्ठ नेता पाउने अवस्था थिएन । रावलको मुख बन्द गर्दा विधानले वरिष्ठ उपाध्यक्ष बनाएका ईश्वर पोखरेलको पद खोस्नु पथ्र्यो । एमालेको विधान फेर्न पथ्र्यो । त्यो यो बेला सम्भव थिएन । डा. रावलले पार्टीबाट हट्न नमान्दा घोक्रिनु प¥यो । उनकै जस्तो अवस्था डा. बाबुरामको होइन । उनी पार्टीमा दोस्रो वरियतामा थिए । मोहन वैद्य हिँडेपछि प्राप्त दोस्रो वरियतामा डा. भट्टराई हुँदा नारायणकाजी श्रेष्ठ तेस्रो थिए । भट्टराईसँग राम्रै हुल गएको थियो । त्यसले केही समय डा. बाबुरामको एकांकीपन एक्लो योजनाको गम्भीरता र देशको वास्तविकता बुट्टयो । जो राजनीतिको र थाहा पाएको थिएन । करिष्मा मानन्धर जस्ता नयाँ शक्तिका जोक्करहरूको जमातमा देखेपछि माओवादी आन्दोलनमा होमिएको जमात फर्कियो । अहिले डा. बाबुराम जे छन् एक्ला छन् । समाजवादी नाउको उनको पार्टी आँखा चुनाव चिन्हमा नयाँ शक्तिको गोजेरो भिरेको छ । डा. रावल पार्टीको उपाध्यक्षसम्म भए । माधव नेपाल वामदेव गौतम, झलनाथ खनाल पुस्ता यी होइनन् । एमाले अध्यक्षले ०४६ पछि निरन्तर सत्ता र शक्तिमा छ । सधैं त्यसलाई बोक्नुको साटो नयाँ रावल खोज्न त्यसै भनेन । राष्ट्र, राष्ट्रियता ठूलो कुरा हो । डा. रावलको राष्ट्रवाद महाकालीसन्धि देखिनै चम्केको हो । त्यो बेला एमालेले महाकाली सन्धि पारित गर्दा यी सांसद नै थिए । पटक पटक मन्त्री पनि भए । तर यिनले त्यो राम्रो काम गरेका थिए भन्ने छैन । अहिले केपी ओलीको कमजोरीमा यी जसले खेलेका छन् त्यो रुपमा डा. भट्टराई पनि प्रचण्डको विरुद्ध जान सक्दैनन् । प्रचण्डलाई परिवारवादी भन्दा डा. भट्टराईलाई पत्नी हिसिलाको नेवारवादमा जोडिन्छ । आखिर उस्तै भए यी कम्युनिष्ट शब्दप्रति किन यति वितृष्णा जाग्यो ?
२०८१ पुष २५
ताजा नेपाल
२०८१ पुष २५
ताजा नेपाल
२०८१ पुष २५
ताजा नेपाल