Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

कम्युनिष्टमा बढ्यो अपराध

राज्य संचालन कानुनको सीमा भित्र नहुदा राजनीतिक दल तीनका नेता अगुवा कार्यकर्ताको बदमासी खुल्दैछ । राज्यश्रोत लुटेर आँफू घनाढ्य बन्ने आन्दोलनको त्याग र पार्टीको तपस्याको लगानी उठाएर जग्गा कब्जा सुनको तस्करी नेपाली नागरिकलाई भुटानी बनाउने संकल्प नेतामा देखियो । कोरोना कालमा थर्मल गनमा कालो बजार गर्ने अग्रवाल समूहलाई राष्ट्रपतिबाट पदक तथा विभूषण दिलाउने क्रान्तिकारी नै थिए । जो कानुनत दण्डीत छ उसैलाई पदक तथा बिभूषण दिलाउने काम जारी छ । यो धन्दा ईश्वर पोखरेलले राम्रै चलाएका छन् । तर गृहमन्त्री उनी थिएनन् ।
भ्रष्टाचार र वेथितिको बिरोध गर्ने तर आफै भ्रष्ट तस्कर विचौलिया बन्न काँग्रेस र कम्युनिष्टका नेता कार्यकर्तालाई लाज भएन् । देशको स्वाभिमान र आत्म गौरवका कुरा ओझेलमा परेका छन् । देश सुधारमा जाला जनताले सुःख पाउलान, राज्यको श्रोत राजामहाराजाभन्दा कम खर्च गर्लान भनेर ल्याएको बहुदल र गणतन्त्रमा झन टोल टोलमा राजा बढे । तीनले कालो बजार बढाएका छन् । कुनै नैतिक दायित्व नभएका ठूला नेता वाठा टाठा कार्यकर्ताले जनतासँग वोल्ने ठाउ छैन् । हरि आचार्य योगेन्द्र रावल, रूपेश शाहा, रिवन कुमार लामालगायत सात जनाले आफैलाई पढाउने शिक्षक कुटेर त्रिविवि भित्रको काँग्रेसी राज देखाए । यीनलाई जोगाउने कानुन मन्त्री धनराज गुरुङले खोजेको समाजवादी लोकतन्त्र कस्तो हुन्छ भन्नै परेन । प्राध्यापक शिक्षक पत्रकार कुटाउने काँग्रेसको प्रजातन्त्रमा बाख्रे काजीहरू निकै जुर्मूराएका छन् । सरकारले केही काम गर्ने संकेत गर्छ अपराधमा जेलिएका काँग्रेसीहरू आक्रोशीत हुन्छन् । काँग्रेसीले शुरु गरेको ठूलो भ्रष्टाचारमा सरकार नै सघाउँछ । वेथितिको चाँङ जताततै छ । सरकार छ उसले दैनिक कार्य सम्पादन बाहेक अरु विषयमा हेर्न नपाउने बनाइदै छ । पूराना दल काँग्रेस र एमालेमा पात्र र प्रवृत्ति फरक छ चरित्र एकै छ । राष्ट्र र जनता नै सर्वोपरी हुनुपथ्र्यो । नेताको स्वार्थ सर्वोपरी छ । यो लोकतन्त्रमा लाजको पसारो हो । यस्तो व्यवस्था प्रति जनमोह घट्दो छ ।
लुटेकाहरू कै कुरा चर्का छन् । गल्ती भयो अब दोहोरिँदैन भन्ने आँट यीनमा छैन् । सरकारले अपराधी समाउँछ अनुसन्धान नगर्न नेताको फोन पुग्छ । बोल्ने विकृति विसंगति विरुद्ध काम गर्ने त्यस्तै । पार्टीहरू विधि, प्रकृया र पद्धतिमा चल्ने त भन्छन् । तर व्यवहार तीनको भष्मशुर देखियो । त्यो सत्य नेकपा कालका थुप्रै निर्णयले प्रष्ट पारेका छन् । राज्य चलाउनेहरू निष्ठा र त्यागमा छैनन् । आन्दोलन तीनले घोषणा गरे कार्यकर्ताले दुःख गर्यो फाईदा भ्रष्ट र विचौलियाले लिँदा वेथिति चुलियो । अहिले सुन तस्करी प्रकरणमा माओवादीका नेताको सहभागीता देखियो । पार्टी एक घर एक माओवादी भन्छ नेताको चाल एक नेता एक तस्करसँग जोडिन्छ । यस्तो के भएको होला । सर्वहाराका नाममा ठग नेताहरू कम्युनिष्ट नै धेरै भए । मतको प्रतिशत हेर्दा ६८ प्रतिशत जनमत कम्युनिष्टको छ । तर विभिन्न गुट उपगुट समूह बनाएर रमाईलो गर्नु नै नेकपाका घटकहरूको बहादुरी भएको छ । कम्युनिष्ट भनेका छन् न सिद्धान्त छ नत आदर्श र त्याग तीनमा छ । केवल पद र कुर्सीमा कम्युनिष्टको ध्यान जाँदा जनताको हालत के हुन्छ ?
काँग्रेस बदमास कम्युनिष्ट सज्जन भन्ने नै भएन् । काँग्रेसले नक्कली भुटानी शरणार्थीको खेती कम्युनिष्टले बनाएको फटाहा विधिबाट शुरु गर्यो । बालकृष्णहरू त्यसकै शिकार भए । कम्युनिष्ट भनाउँदा टोपबहादुर, रामबहादुरहरूको चाल देखेर जनता दिक्क भए । राजस्व छलेर सुन भिœयाएका कम्युनिष्ट त्यो पनि १० वर्षे शसस्त्र द्वन्द्वबाट आएको शक्ति माओवादीको आधार थलो रुकुम रोल्पाका नेताका छोरा भाई नै भेटिए । यसले नेपालका कम्युनिष्टका बारेमा थप कोट्याउनु परेन । किनकी यी अपराधी नै हुन भन्नै पर्ने भो । दलगत रूपमा माओवादी भित्रको भ्रष्टाचारमा नेताका नाम जसरी आए तीनले होइन भन्नै सकेनन् । किनकी संचारको दूनियाँले प्रतेक नेताको चाल चलन आनीवानी पर्दाफास गरिदिएकै छ । तीन ठूला दलको दरिद्रताले यीनका विरुद्धमा जुटेका शक्तिहरू एकाएक पलाए । मधेसमा सिके राउत, सहर वजारमा रवि लामिछाने र पश्चिम क्षेत्रमा रेशम चौधरी अस्तित्वमा आए । ठूला दलका कमजोरी भ्रष्टा चरित्र लुटाहा सोच कमिशन विचौलिया र माफीया करणमै जुटेको कुरा अहिले छर्लङ्ग भयो । प्रहरीलाई दवावविना काम गर्न दिए बालकृष्ण खाँड, टोपबहादुर पनि समाइन सक्छन् भन्ने देखियो नेता उम्कने कार्यकर्ता कारवाहीमा पर्ने गलत चिन्तन काँग्रेस र एमालेबाट माओवादीले सिक्यो । अहिले त्यो माओवादी वदनाम छ जो गाउँ गाउँ जान थालेको छ । कारवाहीबाट कोही नबच्ने कुरा त गृहमन्त्री नारायणकाजी श्रेष्ठले बताएका छन् । तर पार्टी भित्र र सत्ता प्रतिपक्ष सवैतिरबाट गृहमन्त्रीमाथि प्रहार भएको छ । उनको पछाडि जनता छ भ्रष्टहरूले चेतुन् ।