Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

कम्युनिष्ट अभिनायवादले मुलुक अप्ठ्यारोमा

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कम्युनिष्टहरुको अधिनायकवादले राष्ट्र अप्ठेरो अवस्थामा पुगेको बताएका छन् । कर्णाली प्रदेश स्तरीय प्रशिक्षण कार्यक्रम समापन समारोहलाई शुक्रबार सुर्खेतमा वीरेन्द्रनगर बोल्दै सभापति देउवाले वर्तमान सरकारले कम्युनिष्ट शासन लादेर शान्ति, सुरक्षा र सुशासन दिनुको सट्टा हत्या, हिंसा, आतंक, भ्रष्टाचार र महँगी बढाएर राष्ट्रलाई अप्ठेरोमा पारेको बताए ।
उनले कम्युनिष्ट सरकार नसच्चिए जटिल अवस्थामा पुग्न लागेको मुलुकको रक्षाका लागि कांग्रेसले सडकबाटै आन्दोलनको आँधीबेहेरी ल्याउने चेतावनी दिए । सभापति देउवाले कम्युनिष्टहरु एकहुँदै गइरहेका बेला कांग्रेस दुई पार्टी जस्तो भएकाले एक बनाउन आफू लागि परेको समेत जानकारी दिए । नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोइरालले महाधिवेशन गुट–उपगुट भएपनि अबदेखि पार्टी एक बनाउने अभियानमा लाग्ने प्रतिवद्धता जनाए । उनले मुलुक र संविधानको रक्षा गर्ने जिम्मेवारी नेपाली कांग्रेसको काँधमा आएकोले पार्टी भित्रको तिक्तता अन्त्य गर्दै एक ढिक्का भएर अघि बढ्ने उद्घोष गरे ।
समापन कार्यक्रममा नेपाली कांग्रेसका उप–सभापति विमलेन्द्र निधि र महामन्त्री पूर्णबहादुर खड्काले पार्टीभित्रको अन्तद्र्वन्द्व अन्त्य गर्दै एक ढिक्का बनाउने अभियानमा जुटेको बताए ।


सम्बन्धित समाचार