Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

कम्युनिष्ट नेताको बहुपत्नी मोह

काठमाडौं । प्रधानमन्त्री केपी ओली बहुपत्नी प्रेमी नेता होइनन् । उनको चरित्रको विषयमा कतै प्रश्न उठेको छैन र तर उनले यौन दूराचारको आरोप लागेका केही पात्रहरूलाई च्यापेका छन् । तर पनि नेकपा एमालेले अघोषित बहुपत्नी नेताको संरक्षणमा उनी छन् भन्ने कुरा सरकारले प्रचारमा ल्याएको बहुपत्नी कानुनले छर्लङ्ग पार्छ । यो लडाइँका विरुद्ध महिला अधिकारकर्मी सडकमा आउनु पथ्र्यो । तर डलर बिना सुकिलो साडी र चिल्लो गाडीमा कुद्ने आमाहरूलाई प्रधानम्न्त्रीका गुरु योजना विरुद्ध बोल्न छुट छैन । महिला आयोग सरकारको सेवक भएकाले अध्यक्ष कमला पराजुलीले त्यसको विरुद्ध बोल्ने कुरा भएन । उनी हिजो वृद्धआश्रम बनाउने नाममा सरकार र एनजीओ मार्फत् करोडौं लगेर आफैंले ल्याएको योजना अलपत्र पार्ने विकासवादी हुन् ।
नेपालमा बहुविवाह बन्देज लगाउने पञ्चायती व्यवस्था र मुलुकी ऐन २०१९ हो । दलका परिवतर्नकामी अहिलेका देशभक्त राष्ट्रप्रेमी नभएकै कारण संविधानले किनारा लगाएको पूर्व राजाका नाउँमा राप्रपाको एक झुण्ड लागेको छ । त्यो झुण्डले राजा ल्याउने गणतन्त्र मास्ने हो भन्छ । यस्तो बेलामा गणतन्त्रका पक्षधर नेता नै बहुपत्नी प्रेमी भएका छन् । प्रधानमन्त्रीले कानुनी कारबाही हुन नदिएका शेरधन राईकी बालिका खड्का, महेश बस्नेतकी शोभा पाटक र ऐन महरकी रखैलसम्मको हितमा बहु विवाह र कानुन ल्याएका हुन् कि शंका छ । नेकपा एमाले जुनसुकै काममा महशुर छ भन्ने कुरा बहुपत्नी कानुनी ड्राफ्ट हो ।
यो कानुनका बारेमा विपक्षी दल बोल्दैन । किनकि त्यो दल देख्दा सानो ३२ सिटे भए पनि काँग्रेस र एमालेको जालमा रमाएर एक वर्ष सत्ताको नायक भएको थियो । जनताको हितमा काम गर्न नसक्ने प्रमुख विपक्षीले पनि सडकमा डलर अभियन्ताको चुरीफुरी देखेकै थियो । त्यही कारण सरकारले कानुन मन्त्रालय मार्फत् भ्रष्ट र लुटाहा नेताका रखैलहरूलाई राहत पुग्ने गरी अब नेपालमा जसले जति पत्नी राखे पनि कानुनले निगरानी राख्न नसक्ने गरी विधेयक ल्याइँदैछ । सरकारका कुनै अंग त्यसबारे बोल्दैनन् । त्यही कारण प्रधानमन्त्रीको पूर्व विशष्टिहरूको चिन्तासँग जोडिएर आएको सुविधासम्बन्धी विधेयकको खेस्रा जस्तै बहुपत्नी विधेयकको खेस्रो बनेको त होइन शंका छ । किनकि प्रम ओली यस्ता उरन्ठेउला काम बढी मन पराउने कम्युनिष्ट नेता हुन् ।


सम्बन्धित समाचार

देउवा गुट भयो लाचारी

२०८२ फाल्गुन २७

ताजा नेपाल

चुनावले जोगायो फौजको इज्जत

२०८२ फाल्गुन २७

ताजा नेपाल

बाबुरामको यहाँ भन्दा पतन हुने ठाउँ छैन

२०८२ फाल्गुन २७

ताजा नेपाल