Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

कम्युनिष्ट मिल्दा भट्टराईलाई किन चिन्ता ?

काठमाडौं । गोरखाली युवा लुइटेल स्कुलका उत्पादन डा. बाबुराम भट्टराई नेपाली राजनीतिमा असफल छन् । जसको सीता खायो उसको गिता गाउने चरित्र नेपालीको हो । डा. बाबुरामले सिता खाएर माओवादी फुटाए । त्यो लामो समय टिकेन । काँग्रेसलाई रसुवाको संघीय संसद पद ९ करोडमा बेचेर आफू गोरखाबाट चुनाव लडेर जिते । तर संसदमा उनको गणना भएन । एमालेका अध्यक्ष केपी ओलीले डा. भट्टराईको चाल बुझ्छन् । किनकि ओली र भट्टराई एउटै सिक्काका दुई पाटा हुन् । भारत यिनको जननी हो । अहिले माओवादीका अध्यक्ष काँग्रेसले धोका दिएपछि एमालेसँग मिलेर सरकारको प्रमुख छन् । डा. बाबुरामको कथित समाजवादी दर्शनले सर्वदलीय सरकारको ऐलान गर्दैछ । काँग्रेसले माओवादीलाई हेप्दा चुइक्क नबोल्ने यी डाक्टर जब नेपालमा कम्युनिष्ट मिल्ने बाटो खुल्छ तब समाजवादको व्याख्यामा सर्वदलीय सरकारको बाटो खोज्छन् ।
डा. भट्टराईको विकासे मोडल भनेकै देशमा अस्थिरता बन्दैछ । एमाले, माअ‍ोवादी सहित संघीयता विरोधी, गणतन्त्र विरोधी राजा र हिन्दूवादी सम्मिलित सरकार बनेको बेला माओवादीले काँध थाप्दा १ सिट जितेका डा. बाबुरामलाई काँग्रेसको सत्ता अपराध र माओवादीलाई गरेको विश्वासघातको कारण विपक्षी बन्दा मनमा खुल्दुली भएन । उनले सामाजिक सञ्जालबाट राष्ट्रिय सहमितको सरकार बनाएर शान्ति प्रक्रियाका काम गर्न र निर्वाचन प्रणाली बदल्न संविधान संशोधन गरी एउटै पार्टीको बहुमत आउने बाटोको खोजी गरेका छन् । जबकि प्रधानमन्त्रीले संसदबाट विश्वासको मत लिने दिन तोकिएको थियो । काँग्रेस बाहेकका सबै दलले पुष्पकमल दाहाललाई सघाउँदै थिए । बागमतीमा पानी धेरै बग्यो । डा. भट्टराई जस्तै आर्टिटेक्चरका विद्वान नेपालमा धेरै थिए । डा. बाबुरामको त्यो उचाई बढेको कारण माओवादी र त्यसले चलाएको विचारको आन्दोलन र परिवर्तन हो । तर यी पनि प्रम बन्दा गुटवादबाट मुक्त थिएनन् । यिनका दलाललाई राजनीतिक नियुक्ति गर्दा स्नातक तह अनिवार्य भएका कानुन तोडिए गौरवशाली पार्टीको नाममा गौरवशाली घुस बटुलिएकै हो । डा. बाबुरामकै कारण युरोपेली युुनियनका देव गुरुङ, सुरेश आले, चन्द्रप्रकाश गजुरेलहरूले माओवादी फुटाएर दोस्रो संविधानसभामा काँग्रेस र एमालेको पैसा हजम गरेकै हुन् । क्रिश्चियन भिœयाएर देशको साँस्कृतिक परम्परामाथि प्रहार गर्ने यी डाक्टर र अर्थमन्त्री भएका बेला चर्केको आन्दोलनले माओवादीप्रति उपत्यकाले साथ नदिएको कुरा बुझ्दैनन् । तर माओवादीको चुनाव चिन्हकै कारण संगठनभएन भन्छन् । काठमाडौंको संगठन बागलुङका हिमाल शर्माले नेतृत्व गर्दा बिग्रेको पत्तो छैन । तर डा. बाबुरामको दिमागले चुनाव चिन्हलाई बाधक ठानेको छ । त्यो भनेको मै मात्र विज्ञ, मै मात्र विकास विद् भन्ने चिन्तन हो । यही कारण डा. बाबुरामको विद्वताले विरोध सहन परेको हो । देशले सुधारवादमा कम्युनिष्ट नै अगाडि छन् भन्छ । माओवादीको साथमा काँग्रेसले लुटाहा समूह सरकारमा रहँदा राष्ट्रिय सरकारको कुरा आउँदैन । जब काँग्रेस आफ्नै कु बुद्धिले थला पर्छ डा. बाबुरामहरूलाई राष्ट्रिय सरकार चाहिन्छ । नेपालमा यस्तै विद्वानले जनता भड्काउँछन् भन्ने शंका अब गर्नु पर्दैन । किनकि यी विद्वानको नेतृत्वमा पनि सरकार चले, महंगी घटेन, लुट र कमिशन नियन्त्रण भएन । बोल्न जति सहज हुन्छ गरि पु¥याउन कठिन हुन्छ । आफू संगठन बनाउन नपर्ने अर्काले बनाएको संरचनामा भाले हुनु पर्नेहरूको तर्कले वर्तमान गठबन्धन तत्काल भत्कने अवस्था छैन । कम्युनिष्ट पार्टी र चुनाव चिन्हमै एलर्जी भएको हो भने डा. बाबुरामको समाजवादी काँग्रेससँग एकता गर्दा के बिग्रन्छ ? जबकी उनको चिन्ताले काँग्रेसको भष्मासुर जमातलाई छोएकै छैन । निरंकुश काँग्रेसले लोकतन्त्रको रक्षा गर्दैन भन्ने छर्लङ्ग छ । सहमति र सहकार्य चाहेको भए शेरबहादुरले प्रचण्डमाथि घात गर्ने थिएनन् । काँग्रेसले प्रचण्डमाथि घात गर्दा डा. भट्टठराईको टुइटरमा राष्ट्रिय सहमतिको सरकारको सम्झना भयो देउवाका साहान बहानलाई राज्य लुट्न छुट हुँदा त्यो राष्ट्रिय सहमतिको चिन्ता किन भएन ? जहाँ भट्टराई त्यहाँ अस्थिरताको सन्देश दिलाउने काम नगरौं । विकासवादको आर्टिटेक्चरको इज्जत राखौं । जेएनयुका उत्पादन डा. दिपेश केसी, डा. अमरेकुमार सिंह यही धर्तीमा छन् । तिनका बेतुके कुराले प्रभाव पार्दैन जति डा. बाबुरामका कुराले हलचल ल्याउँछ । किनकि भट्टराई पूर्व प्रम हुन् डा. दिपेश संसदका स्वतन्त्र उम्मेदवार र डा. अमरेश स्वतन्त्रबाट चुनाव जितेका सांसद छन् ।