Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
काठमाण्डौ । महामारीमा श्रम खोसीएको मजदूर मरेको बेला जातिय विभेदको कारण रुकुम घटना घटाइदाका शासकहरुलाई अब जनताको घर दैलो गर्नुपर्ने भएको छ । कोरोनाका कारण जनता घरमा थुनिएको बेला सत्ताका नायकहरुले हुन नसक्ने निर्वाचनको घोषणा गरेका छन् । यसपटक सत्ताका ती नालायक केपि ओली रामबहादुर थापाहरुले दलीतका वस्ती गरिबका झुपडीमा उपस्थित हुने ठाँउ छैन । निर्मला पन्थका हत्यरा रामबहादुर कै संरक्षण र केपि ओलीको सुरक्षामा छन् ।
सिहंदरबारको सत्ताले गत वर्ष रौतहटका विजयराम र धनूषाका शम्भू सदाको भोको पेटको ख्याल गरेन । काभ्रेका अजित मिजार हत्या होस् वा रुपन्देहीकी अगिरा पासी कास्कीकी श्रेया सुनुवार कैलालीकी मायाँ विक, धनूषाकी रेश्मा रसाइली वझाङकी संझना विक बलत्कारपछि हत्या गरिएका चेलिहरु हुन् । चुलो छोएको निहूमा कालीकोटका मनवीर सुनार, पानी छोईएकोनिहूमा जनप्रतिनिधि मनासार्की मारिएको कम्युनिष्ट नाउको कलंंक शासनमा हो । रुकुम काण्डमा दलित र बुढा मगर मात्र थिएनन् । त्यहाँ शाही पनि मारिएका थिए ।
नवराजहरुको मृत्यु शासकीय धरातलको उच्च तहमा परिवर्तन भएन । यति खेर शासकहरु जुमजुमाएका छन् । देशको चुनाव जनताको आवश्यकता महामारीको पिडालाई गम्भीर ठानिएको छैन । जातिय भेदभाव तथा छुवाछुत ऐन २०६८ लागू भएको जेठ १० गते रुकुममा नवराज मारिएका थिए । छोराले ठूलो जातकी छोरी विवाह गर्दा दैलेखमा सेते दमाँइ सप्तरीमा शिव शंकर दास मारीए । कम्युनिष्टहरुको ढाेंगीपनको यस्ता नमूना धेरै छन् ।
किनकी उनीहरुले मुखले र कागजीप् दस्ताबेजमा (२ जात) महिला पुरुष (२ वर्ग) धनी गरिब भन्ने मात्र हो । नेताको मानसीकता चरित्र वणर्नाक्रम चिन्तन पूरातन संस्कृतिसँग फरक नभएपछि कम्युनष्टि र काँग्रेसले कागजमा जे लेखे पनि अर्थ छैन । तन्त्र जे सुकै भएपनि निरंकुश चरित्रका ओलीहरुको समाज परिवर्तनको फोस्रो गित यसपटक नाङ्गेझार बनाउन पिडीत परिवारले सक्छ ? शंका छ । किनकी कम्युनिष्ट शासनमा जातिय भेदवाभ र दलितहरु माथिको छुवाछुत चर्केको छ ।
२०८२ चैत्र ४
ताजा नेपाल
२०८२ चैत्र ४
ताजा नेपाल
२०८२ चैत्र ४
ताजा नेपाल