Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

कम्युनिष्ट सिध्याएर थन्कदै महाराज

गणतन्त्र र संघीयतालाई लुटको प्रमुख एजेन्डा बनाएका कम्युनिष्टहरूप्रतिको मोह जनताले भंग गरेका छन् । गल्ती एकपटक हुन्छ तर कम्युनिष्टले गरेका बारम्बारका गल्ती सधैं माफियोग्य हुँदैन । नेपालको सम्प्रभूता र राष्ट्रिय अस्मितामाथि खेलवाडा गर्ने काम नेकपा एमालेले ग¥यो । राष्ट्रघाती महाकाली सन्धिका नायक केपी ओलीले पार्टीको नेतृत्व लिएपछि कम्युनिष्टको चरित्र र व्यवहार भ्रष्ट यौन लम्पट कमिशन मोह माफिया र विचौलिया शैलीको संरक्षण भयो । उनकै पछि धेरै लागे । पद र कुर्सी ओलीले बाहेक अरुले लिनै नहुने मुल एजेन्डा बनाएर ओलीले हुने नहुने गर्ने नगर्ने सबै काम गरेका छन् । त्यसको प्रतिफल आज देशको प्रहरी, सशस्त्र प्रहरी भन्दा गुण्डा र यौन दूराचारीको आडमा सुरक्षित हुनु पर्ने अवस्था आयो । गलतलाई गलत भन्न नपाइने, बोल्यो कि पोल्यो सिद्धान्त स्थापित गर्दै स्व. मदन भण्डारीले स्थापित गरी दिएको जनताको बहुदलीय जनवादमा ओलीको रजाईं छ । सत्ता उन्मादमा ओली मदन भण्डारीप्रति खनिए । जबकि उनले पाँचौं महाधिवेशनमा कुनै निर्णायक भूमिका खेलेका थिएनन् । त्यो बेला विचारमा मोहनचन्द्र अधिकारी, सिद्धान्तमा सीपी मैनाली र झलनाथ खनालहरूको ठाउँ थियो । मदनले उनीहरूको अवमूल्यन गरेनन् । तर ओलीले पद पाएपछि सबैलाई खेदे । विचार भनेको आफू शासक बन्ने व्यवहार फटाहा, सिद्धान्त भनेको देशको सम्पदा माफियालाई दिएर बीचको मार्जिन खाने त्यही पैसाले पार्टी नेतृत्व विरुद्ध गुटबन्दी गर्ने केपीको मुल आदर्श बन्यो । जीवनभर पार्टी भनेर हिँड्नेहरू ओलीका भएनन् । जो राजनीतिमा एकता र सद्भाव राख्छ उसैलाई भड्काएर समाजलाई छिन्नभिन्न पार्छ उसैलाई एमालेको समानुपातिक सांसद बनाउने क्रिश्चियनका पादरी एकनाथ ढकालबाट ओली एजेन्डा अहिले पहिरियो । बा भनेबापत केन्द्रीय सदस्य बनाइएका मार्सी चालम दुर्गा प्रसाईको पैसामा हेलिकोप्टर चढेर झापा काठमाडौं गर्दा जबजको टुप्पी तानियो । जीवनभर राजतन्त्रको वकालत गरेकी, रेडियो नेपालको जागिर छाडेर राप्रपामा नाचेकी कोमल ओली केपीकी सहयात्री भइन् । अति भएपछि खति हुन्छ एमाले बनाउने योगदान कसको हो ? यस पटक काँग्रेस र एमालेको मुलुक लुट्न खडा भएको दुई तिहाई एक वर्ष एक महिना २४ दिनमा सडक छाप भयो । सर्वोच्चलाई धम्क्याएर संसद पुनस्र्थापना भनिँदैछ । पार्टी कार्यकर्ता ८ लाख ५० हजार भन्ने नेकपा एमाले ८ लाख ७५ हजार भन्ने काँग्रेस मात्र सत्तामा थिएन । त्यहाँ अशोक राई, उपेन्द्र यादव, महन्त ठाकुर, रेशम चौधरी, सिके राउत जस्ता गलगाँड पनि थिए । तिनले नत पार्टी कार्यालय जोगए नत भ्रष्टाचारले पुरिएका केपी ओली र उनको मन्त्रीपरिषद् बचाए । यौन उम्मुक्तिले आफ्नै बथानमा छट्टाएको बहर गोरु भन्दा छाडा महेशको साथ पाएर मलखलिने काँग्रेसको लुटाहा समूह एमालेको भष्मासुर पंक्ति थियो । आज त्यो पंक्ति सामाजिक रूपमा बहिष्करणमा परेको छ । पार्टीको अस्तित्वका लागि ओलीद्वारा खेदिएका देउवाको दरबारबाट टाढिएकाहरूको खाँचो त्यहाँ परेको छ । गणतन्त्रात्मक संविधान जारी भएको वर्ष जसरी वापमन्थी शक्तिबीचमा कार्यगत एकताको दबाव प¥यो । त्यसले प्राप्त गरेको जनमत केपी ओलीलाई मन परेन, किनिक उनी सामूहिकतालाई लात हान्दै एकल हैकम चलाउँथे । त्यो वातावरण बनाउने ईश्वर पोखरेलहरू जस्ता बदनाम पात्र शंकर पोखरेल, महेश बस्नेत, भानुभक्त ढकाल, गोकुल बास्कोटा, सूर्य थापा जस्ता कुपात्र एमालेमा थिए । यौन लम्पट धारीहरू त ओलीका रक्षक नै भए । जताततै आफ्नै जयजयकार रुचाउने ती तानाशाहले कम्युनिष्ट भनेका देश लुटाहा हुन्, कमिशन र विचौलिया माफिया र तस्कर तिनका लगानीकर्ता हुन् भन्ने प्रमाणित गराए । आज किन पार्टी एकताको कुरा आउँछ । ८ लाख ५० हजारबाट ओरालो लागेको कार्यकर्ताको भिडले नत एमालेका परमेश्वरलाई बचायो । नत काँग्रेसको कुल देवतालाई बचायो । माओवादी अध्यक्ष प्रचण्डलाई जनयुद्धको सहयात्री नेतविक्रम चन्दले एम्बुस थाप्ने गोली ठोक्ने योजना नै बनाएर अधुरो जनयुद्ध सफल पार्न तम्सँदा गृहले पार्टी प्रतिबन्ध लगाइदिँदा चन्द गुटको धतुरो झरेकै हो । आज उनै चुनावमा जान पार्टी दर्ता गरेका छन् ।


सम्बन्धित समाचार

बालेनको नेतृत्वमा कसरी बन्छ सरकार ?

२०८२ फाल्गुन २७

ताजा नेपाल

दुई तिहाई नजिक पुगेर रोकियो रास्वपा

२०८२ फाल्गुन २७

ताजा नेपाल

देउवा गुट भयो लाचारी

२०८२ फाल्गुन २७

ताजा नेपाल