Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

करणी अभियोगमा भोजबहादुर पक्राउ

काठमाडौं । गुल्मी, रुरुक्षेत्र गाउँपालिका बस्ने १२ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा रुरुक्षेत्र गाउँपालिका(४ खानीडाँडा बस्ने ४१ वर्षीय भोज बहादुर सार्कीलाई बिहीबार बिहान प्रहरीले पक्राउ गरेको छ । सार्कीले बालिकालाई सोही ठाउँमा रहेको जंगलमा लगि जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय रिडीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
मकवानपुर, मनहरी गाउँपालिका बस्ने ६५ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा मनहरी गाउँपालिका(९ बस्ने ३८ वर्षीय श्यामकृण्ण थापालाई बिहीबार राति प्रहरीले पक्राउ गरेको छ । थापाले ती महिलालाई जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यलय मनहरीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
उता, मकवानपुर जिल्लास्थित राक्सिराङ गाउँपालिका(५ बोटबारीबाट अवैध लागूऔषध गाँजा करिब १० केजी बिहीबार राति प्रहरीले बरामद गरेको छ । उक्त स्थानमा प्रहरी चौकी चैनपुरबाट खटिएको प्रहरीले कालिकाटारबाट मनहरीतर्फ आउँदै गरेको ना।१२ प ४९०० नम्बरको मोटरसाइकल जाँच गर्न खोज्दा मोटरसाइकलमा सवार अपरिचित व्यक्तिले मोटरसाइकल छाडी फरार भएपश्चात प्रहरीले मोटरसाइकल जाँच गर्दा उक्त परिमाणको लागूऔषध फेला पारेको हो ।
फरार व्यक्तिको प्रहरीले खोजी गर्नुका साथै यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको छ ।


सम्बन्धित समाचार