Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

करणी गरेको अभियोगमा पक्राउ

उदयपुर । २२ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा चौदण्डीगढी नगरपालिका(२ गगटे बस्ने ३१ वर्षीय रामजी विश्वकर्मालाई बुधबार बिहान प्रहरीले पक्राउ गरेको छ । चौदण्डीगढी नगरपालिका(१ काभ्रेस्थित सामुदायिक बनमा कात्तिक १६ गते ती महिलालाई जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय बेल्टारबाट खटिएको प्रहरीले रामजीलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।