Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

करोडौंका बलिउड स्टारहरु

बलिउड कलाकारले फिल्ममा काम गरेबापत् कति पारिश्रमिक लिन्छन्, यो कुरा धेरैले जान्न चाहन्छन् । हरेक कलाकारले आफ्नो फिल्म हिट हुने बित्तिकै आफ्नो पारिश्रमिक बढाइहाल्छन् तर फ्लप हुँदा घटाउँदैनन् । यदि ठूलो ब्यानर छ, निर्देशक हिट फिल्म बनाउनका लागि चर्चित छन् भने यी कलाकार कम पारिश्रमिकमा नै काम गर्छन्, ताकि फिल्म सफल भएपछि आफ्नो मूल्य बढाउन सकियोस् । कहिलेकाँही त उनीहरु बजार भाउभन्दा पनि बढी पारिश्रमिक लिने गर्छन् । यहाँ यस्ता केही कलाकार छन्, जसको पारिश्रमिक बारे यहाँ चर्चा गरिएको छ ।

रणबीर सिंहः

बाजीराव मस्तानी अघि रणवीर सिंहले तीनदेखि पाँच करोड भारु पारिश्रमिक पाउँथे । तर बाजीराव मस्तानी, पद्मावत र सिम्बाको सफलतापछि रणबीर सिंह १५ देखि १८ करोड भारु पारिश्रमिक लिन्छन् ।

वरुण धवनः

वरुण धवनको अहिलेसम्म कुनै पनि फिल्मले क्षती व्यवहोर्नुपरेको छैन । उनी पाँचदेखि सात करोड भारु लिन्थे तर अब उनको पारिश्रमिक बढेर १५ देखि १८ करोड पुगिसकेको छ ।

रणबीर कपुरः

रणबीर कपुरको फिल्म फ्लप भइरहे पनि उनी भने फ्लप भएका छैनन् । उनको माग अहिले पनि राम्रै छ । सञ्जू फिल्म अघि रणबीर प्रति फिल्मको २० देखि २५ करोड भारु लिने गर्दथे तर अब उनको पारिश्रमिक ३० करोड माथि पुगिसकेको छ ।

अमिताभ बच्चनः

उनको उमेर ७५ नजिक पुग्न लागिसक्यो तर उनी थुप्रै युवा कलाकारभन्दा पनि बढी पारिश्रमिक लिन्छन् । भूमिकाको लम्बाई हेरेर उनको पारिश्रमिक निर्भर ह
न्छ । उनी प्रति फिल्म गरेको बदलामा १२ देखि १५ करोड भारु लिन्छन् ।

ऋतिक रोशनः

कम फिल्ममा अभिनय गर्ने ऋतिक रोशनको पारिश्रमिक ३० देखि ४० करोड भारुबीच रहन्छ । कतिपटक त उनी योभन्दा पनि बढी रकम लिन्छन् ।

अजय देवगनः

अजय देवगन फिल्मको बजेट हेरेर आफ्नो पारिश्रमिक घटबढ गर्छन् । उनको पारिश्रमिक ३० देखि ४० करोड भारु बीच रहन्छ ।

अक्षय कुमारः

पारिश्रमिकको मामिलामा अक्षय कुमार सबैभन्दा अघि छन् । उनी ४० देखि ५० करोड भारुसम्म लिने गर्छन् । कहिलेकाँही नाफाको हिस्सा पनि लिन्छन् जस्तै जोली एलएलबी टु मा उनले पारिश्रमिकको साटो नाफा लिने निश्चित गरे र ५५ करोडभन्दा बढी कमाई गरे । एयरलिफ्टमा काम गरेबापत् उनले निकै कम पारिश्रमिक लिएका थिए ।

आमिर खानः

आमिर खान ५० देखि ६० करोडसम्म पारिश्रमिक लिन सक्छन् तर उनी फिल्मको नाफा बाँड्न रुचाउँछन् । उनी ८० प्रतिशतसम्म हिस्सा लिन्छन् । ‘दंगल’ जस्तो फिल्मबाट उनले १५० करोड भारुभन्दा बढी कमाए । आमिरलाई थाहा हुन्छ कि उनको फिल्म हिट हुन्छ त्यसैले उनी पारिश्रमिकको साटो पार्टनरशीप गर्छन् ।

शाहरुख खानः

शाहरुख खानको पारिश्रमिक कम, बढी भइरहन्छ । करण जोहर र आदित्य चोपडाको फिल्म गर्नेबेला उनी पारिश्रमिक सोध्दैनन् । जति दिन्छन्, त्यतिमै चित्त बुझाउँछन् । हुन त उनी ४० देखि ४५ करोड भारुसम्म लिन्छन् । उनी पनि आमिरको अनुसरण गर्छन् र लाभको हिस्सा बाँड्छन् । आफ्नो फिल्मको मार्केटिङमार्फत् उनी करोडौं रुपैयाँ कमाउँछन् । थुप्रै फिल्ममा उनले सय करोडभन्दा बढी कमाई गरेका छन् ।

सलमान खानः

सलमान खान फिल्मको कमाईको हिस्सा लिन्छन् । उनको फिल्मको कमाईमा ७० देखि ८५ प्रतिशतसम्म भागिदारी हुन्छ । सुल्तानमा उनले सय करोडभन्दा बढी कमाए । रेस थ्री बक्स अफिसमा कमजोर भएपनि सलमानले १०० करोडभन्दा बढी कमाए । उनले चाहेको खण्डमा उनले पारिश्रमिकको रुपमा ६० करोड वा सोभन्दा बढी पाउन सक्छन् ।


सम्बन्धित समाचार